सरकारले स्वास्थ्यमा प्राथमिकता बढाउँदै लगेकाे छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्यमा सरकारको प्राथमिकता बढाउँदै लगेको बताएका छन् । स्वास्थ्यखबर हेल्थ अवार्ड प्रदान कार्यक्रमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।

व्यवस्था बलियो भए मात्रै संविधानमा उल्लेखित अधिकारहरु जनताले उपभोग गर्न पाउँने प्रधानमन्त्रीले बताए । आधारभूत स्वास्थ्य सेवा निशुल्क उपलब्ध गराउने व्यवस्था संविधानबाटै गरिसकेको उल्लेख गर्दै त्यसको कार्यान्वयनका लागि व्यवस्था बलियो बनाउँनुपर्ने प्रधानमन्त्रीको भनाई छ ।

प्रधानमन्त्रीले भने-‘आधारभूत स्वास्थ्य सेवा निशुल्क उपलब्ध गराउने व्यवस्था हामीले संविधानबाटै गरिसकेका छौं र हाम्रा प्रयासहरु यो व्यवस्थाको कार्यान्वयनमा छ । दिगो विकास लक्ष्य प्राप्तिका लागि स्वास्थ्यमा जनशक्ति बढाउँदै लैजानुपर्ने तथा भएको जनशक्तिलाई पलायन हुन नदिन सरकारले विशेष पहल गर्नेछ ।’

साथै, मुटु, क्यान्सर, मधुमेह तथा नसर्ने रोगहरुको मृत्युदरको अवस्था पनि बढ्दो क्रममा रहेकाले दिगो विकास लक्ष्य अनुसार मृत्युदर घटाउन हामीले मेहनत भने गर्नुपर्ने उनले बताए ।

नसर्ने रोगलाई सम्बोधन गर्ने आवश्यक स्वास्थ्यका पूर्वाधार, मानव संसाधन र उपकरणको विकास र विस्तारमा सरकारले निरन्तर काम गरिरहेको उनले बताए ।

नसर्ने रोगको चूनौती सामना गर्न सुर्तिजन्य पदार्थ, मादक पदार्थ नियन्त्रण तथा शारीरिक व्यायामका कुरा, खानापानको कुरामा अहिले विशेष कार्यक्रम गर्नुपर्ने उनले बताए ।

कमेन्ट गर्नुहोस्