मोरक्कोमा भूकम्प : २९६ जनाको मृत्यु, पोर्चुगल र अल्जेरियासम्म धक्का

काठमाडौं । मोरक्कोमा भूकम्प जाँदा २९६ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार ६.८ म्याग्निच्यिुडको शक्तिशाली भूकम्प जाँदा २९६ जनाको ज्यान गएको छ ।

भूकम्पको केन्द्रविन्दु माराकेशबाट ७१ किलोमिटर दक्षिणपश्चिमको उच्च एटलस पर्वतमा रहेको समाचारमा उल्लेख छ । यसको केन्द्र भूमिगत १८.५ किलोमिटर गहिराइमा रहेको बताइएको छ ।

भूकम्पको धक्का केन्द्रबिन्दुबाट ३५० किलोमिटर टाढा रहेको राजधानी रबातमा पनि महसुस गरिएको थियो ।

भूकम्प स्थानीय समयअनुसार राति ११ः११ बजे भएको बीबीसीले जनाएको छ ।

भूकम्पको धक्का पोर्चुगल र अल्जेरियासम्म महसुस गरिएको थियो ।

कमेन्ट गर्नुहोस्