जनता र राष्ट्रको पक्षमा काम गर्ने  संकल्प लिएको छु : प्रधानमन्त्री

गोरखा ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता र राष्ट्रको पक्षमा काम गर्ने संकल्प लिएको बताएका छन् ।

अजिरकोट गाउँपालिकाद्वारा भच्चेकमा आयोजित  स्थानीय सरकार र सरोकारवालासँग प्रधानमन्त्री अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

प्रधानमन्त्रीले भने -‘मैले यसपटक जनता  र राष्ट्रको पक्षमा काम गर्ने संकल्प लिएर सरकारको काम अगाडि बढाएको छु । भ्रष्टाचार र ब्यथितिका विरुद्धको अभियान , सामाजिक न्यायको लागि काम गर्ने , पासपोर्ट र लाइसेन्स लिंदा जनताले पाएलो झन्झट अन्त्य गर्न लाइन हटाएर सेवा प्रवाह चुस्त बनाइएको छ ।’

आफू प्रधानमन्त्री भएको समयमा अर्थतन्त्र दबाबमा रहेको बताउँदै  अर्थतन्त्र सुधार्ने, अर्थतन्त्र माथिको दबाब कम गर्न सफल भएको बताएको उनले बताए ।

प्रधानमन्त्रीले भने-‘ मैले सरकारको नेतृत्व लिएपछी राजस्व, रेमिटेन्स , विदेशी मुन्द्राको सञ्चीती बढेको छ,पर्यटन आगमन बढ्दै गएको र अर्थतन्त्रमाथिको दबाब विस्तारै कम हुँदै गएको छ ।’

सरकारले गरेका पछिल्ला कामले सानालाई ऎन ठुलाई चैन भन्ने भाष्य परिवर्तन गरेको उनले बताए । दायाँबाया आफ्नो पराइ नहेरी भ्रष्टचारी र माफियागिरी अन्त्य गर्ने अभियान सुरुवात गरिएको उनले बताए । सरकारी जग्गा सरकारको मातहतमा ल्याउने भ्रष्टाचारीलाई कारबाही गर्ने अभियान नरोकिने जारी रहने बताए ।

सरकारले मिटरब्याजको समस्या अन्त्य गर्न कानुन बनाएको बताउँदै सहकारी लघुवित्तमा देखिएका समस्या समाधान गर्ने तर्फ सरकारले काम अगाडि बढाएको प्रधानमन्त्रीको भनाई थियो ।

सरकारले सुशासन, समृद्धिका साथै ऎन निर्माण र संविधान कार्यान्वयनमा पनि ध्यान दिएको उनले बताए । ८ वर्ष पछी निजामती ऎन, शिक्षा ऎन ल्याउन लागिएको, प्रहरी ऎनको कार्यान्वयन गर्ने गरी अगाडि बढाइएको उनले बताए ।

विकासक लागि बुढिगण्डकीको काम अगाडि बडाइएको , कर्णाली चिसापानी आयोजना अगाडि बढाउने , अन्तर्राष्ट्रिय सम्बन्ध मा भारतसँग्का सिमा समस्या , पंचेस्वर योजना , भारत बंगलादेश बिद्धुत ब्यापारको शैदान्तिक सहमति भएको । भारतले नेपालको बिद्धुत किन्ने सहमतिलाई स्वीकृत गरेको बताए। इटली भ्रमणमा  नेपालको कृषिक्षेत्रमाको  विकासबारे छलफल र सहयोगको वातावरण बनाइएको बताए ।

सो अवसरमा गोर्खा जिल्लाको क्षेत्र नम्बर २ बाट निर्वाचित गरेर प्रधानमन्त्री बन्ने अवसर दिएकोमा प्रधानमन्त्रीले  जनता तथा मतदातालाई  धन्यवाद दिएका छन् । प्रधानमन्त्री प्रचण्डले निर्वाचन निर्वाचन लगत्तै गारखाका हरेक ठाउँमा आउँने मन भएपनि समय अभावका कारण असम्भव भएको बताए ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डका साथमा माओवादी केन्द्रका नेता तथा प्रमुख सचेतक माननीय हितराज पाण्डे, माओवादी केन्द्र गण्डकी प्रदेश इन्चार्ज माननीय देवेन्द्र पौडेल पालिकाका जनप्रतिनिधि लगायतको सहभागी रहेको थियो ।कार्यक्रमको अध्यक्षता पालिकाका अध्यक्ष दीपक देवकोटाले गरेका थिए ।

कमेन्ट गर्नुहोस्