भ्रष्टाचारविरुद्धको यो अभियान थप अगाडि बढ्छ : प्रधानमन्त्री

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री भैसकेपछि सुशासन र समृद्धिको अभियान सुरू गरिएको बताएका छन् ।

गोर्खा जिल्लाको सिरानचोक गाउँपालिकाद्वारा छोप्राकमा आयोजित  स्थानीय जनप्रतिनिधि तथा  सिरानचोकवासीसँग प्रधानमन्त्रीको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

सरकारले भ्रष्टाचार, माफिया गिरी र तस्करीमा जो सुकै भएपनी कारबाही गरिछाड्ने उनले बताए।ललिता निवास माफियाहरूले कब्जा गरेका जग्गा सरकारको नाममा ल्याउने अभियानको सुरूवात मात्रै भएको बताउँदै देशैभर यो अभियान चलाइने प्रधानमन्त्रीको भनाई थियो ।

अहिले भ्रष्टाचारविरुद्धको अभियानमा ठुला नेता र कर्मचारी परेको बताउँदै सुशासन,सामाजिक न्याय र समृद्धिको पक्षमा साथ दिन जनतासँग आह्वान गरे ।

सकारले जनताका जुनसुकै गुनासोहरू सुन्न र सुशासन कायम गर्न हेल्लो सरकारलाई सकृय बनाएको बताए । साथै उनले गाउँघरमा भएका गुनासाहरू टिपाउन आग्रह समेत गरे ।

आफू प्रधानमन्त्री भएको समयमा अर्थतन्त्र दबाबको स्थितिमा रहेको बताउँदै  अर्थतन्त्र सुधार्ने, अर्थतन्त्र माथिको दबाब कम गर्ने कार्यृमा सरकार सफल भएको बताए । यद्यपी अर्थतन्त्रमा देखिएको अहिले पनि पूर्ण रुपमा समाधान भैनसकेको उनको भनाई थियो ।

प्रधानमन्त्रीले भने -‘मैले सरकारको नेतृत्व लिंएपछी राजस्व, रेमिटेन्स , बिदेशी मुन्द्राको सञ्चिति बढेको छ,पर्यटन बढ्दै गएको र अर्थतन्त्रमाथिको दबाब कम हुँदै गएको छ ।’

सो क्रममा आफुलाई अमूल्य मत दिएर जिताउने मतदातालाई धन्यवाद दिंदै गोरखाली जनतासँग निर्वाचनको समयमा गरेका कवुल पूरा गर्ने प्रधानमन्त्री प्रचण्डले  बताए ।

गोर्खा जिल्लाको क्षेत्र नम्बर २ प्रधानमन्त्री निर्वाचित भएको क्षेत्र हो । सोही निर्वाचनक्षेत्रका जनप्रतिनिधि र नागरिकहरूसँग निर्वाचनका बेला यस क्षेत्रको सडक,खानेपानी, शिक्षा र रोजगारीको विकासलाई ध्यान दिने बताएका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डलाई सिरानचोक गाउँपालिकाले जनताको तर्फबाट अभिनन्दन समेत गरेको थियो ।

कमेन्ट गर्नुहोस्