हजारौं सहिदको सपना पूरा गर्ने जिम्मेवारी काँधमा छ : प्रधानमन्त्री

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरेश वाग्ले वासु लगायत हजारौं सहिदहरूको सपना पूरा गर्ने जिम्मेवारी कादमा रहेको बताएका छन् ।

सहिद सुरेश वाग्ले अध्यापन गरेको श्री जनाता माध्यमिक विद्यालयमा आयोजित सहिद सुरेश वाग्ले (वासु) र भीमसेन पोख्रेलको २४ औं स्मृति सभा तथा सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले जनयुद्धका  सहिदहरूलाई स्मरण गर्दै माओवादीले उठाका मुद्दा र जनताको चाहाना पूरा गर्न अझै बाँकी रहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्री बनेपछि सरकारले जनयुद्ध र जनयुद्धका सहिद बेपत्ता र योद्धालाई सम्मान गर्ने वातावरण बनाएको बताए । त्यसको सुरुवात  जनयुद्ध र जनआन्दोलनका सम्पूर्ण सहिदहरूलाई राष्ट्रिय सहिदको घोषणा गरेर राजपत्रमा प्रकाशित गरी जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस घोषणा गरिरे गरिएको उनको भनाई थियो ।

 

अहिले सत्य निरोपण तथा बेपत्ता सम्बन्धि विधयेक बन्ने प्रक्रियामा रहेको बताउँदै सो पारित भएपछी देशैभर सहिद बेपत्ता परिवारको सम्मान हुने उनले बताए ।

आज महान् सहिद  गुरु सुरेश वाग्ले (वासु) र भिमसेन पोख्रेल (बैरागी) को २४ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री गोर्खा आएका हुन् ।उनले गोरखामा सहिद भिमसेन पोखरेलको (क.बैरागी) स्मृति प्रतिष्ठान तथा युद्ध संग्राहलय समुद्घाटन तथा शालिक अनावरण गरे भने मौसमका कारण सहिद सुरेश वाग्ले (वासु) को शालिक अनावरण गर्न मौसमका कारण पुग्न सकेनन् । सहिद वासु माओवादी केन्द्रका स्थायी कमिटी सदस्य थिए । उनलाई सम्झदै प्रधानमन्त्री पार्टी र देशकै लागि वाग्लेको स्मरण दिवस विशेष भएको बताए ।

सहिद वासु २०१० सालमा गोरखा जिल्लाको आँपपिपल गा.वि.स ५ रातडाँडामा एक किसान परिवारमा जन्मिएका हुन् । उनले जनाता माध्यमिक विद्यालय अध्यापन गर्थे ।

उनी नेपालको राजनीतिको निरंकुश सामन्ति राजतन्त्रात्मक राज्य सत्ताको अन्त्य गर्दै नयाँ जनवादि राज्य स्थापनाकालागि तात्कालिन माओवादीको नेतृत्वमा २०५२फागुन १ बाट जनयुद्धमा सहभागी भए ।

जनताको सर्हारावादी क्रान्तिको नेतृत्व र प्रतिनिधित्व गर्दै पार्टीको महत्वपूर्ण जिम्मेवारी बहन गर्न अघि बढ्ने क्रममा २०५६ भाद्र २३ गते गोर्खा जिल्लाको गाँखुमा अभियानको क्रममा आत्मसर्मपण नगरेको र पार्टीको आन्तरिक कुरा नखोलेको भन्दै तत्कालिन राज्यपक्षले निममतापूवक हत्या गरेको थियो ।

कमेन्ट गर्नुहोस्