प्रधानमन्त्री प्रचण्डद्धारा जनयुद्धका सहिद भिमसेन पोखरेलको शालिक अनावरण

गोरखा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद भिमसेन पोखरेलको (बैरागी) स्मृति प्रतिष्ठान तथा युद्ध संग्राहलय समुद्घाटन तथा शालिक अनावरण गरेका छन् ।

सो क्रममा  प्रधानमन्त्री प्रचण्डले जनयुद्धका  सहिदहरूलाई स्मरण गर्दै माओवादीले उठाका मुद्दा र जनताको चाहाना पूरा गर्न अझै बाँकी रहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्री बनेपछि सरकारले जनयुद्ध र जनयुद्धका सहिद बेपत्ता र योद्धालाई सम्मान गर्ने वातावरण बनाएको बताए । त्यसको सुरुवात  जनयुद्ध र जनआन्दोलनका सम्पूर्ण सहिदहरूलाई राष्ट्रिय सहिदको घोषणा गरेर जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस घोषणा गरिरे गरिएको बताए ।

 

कमेन्ट गर्नुहोस्