आसन्न चीन भ्रमणबारे छलफलमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न चीन भ्रमणबारे छलफल सुरु गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले आइतबार(आज) बिहान ९ बजेदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदबारमा पूर्वप्रधानमन्त्रीसहित संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरू, नेपाल सरकारका परराष्ट्र मन्त्री, पूर्व पराराष्ट्र मन्त्रीहरु लगायतसँग छलफल गरिरहेका छन् ।

आज नै साँझ प्रधानमन्त्रीले परराष्ट्र विज्ञहरुसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जादैछन् र उतैबाट चीन भ्रमणमा निस्कने कार्यक्रम रहेको छ ।

कमेन्ट गर्नुहोस्