चीन भ्रमण प्रभावकारी बनाउन परराष्ट्र विज्ञहरूसँग छलफलमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न चिन भ्रमणबारे छलफल घनिभूत बनाएका छन् ।

बिहान ९ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पूर्वप्रधानमन्त्रीसहित संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरू, नेपाल सरकारका परराष्ट्र मन्त्री, पूर्वपरराष्ट्र मन्त्रीहरु लगायतसँग छलफल गरेका थिए ।

त्यसैगरी,अहिले पूर्वराजदुत, पूर्वपरराष्ट्र सचिव र परराष्ट्र विज्ञ लगायतसँग सिंहदरबारमा छलफल गरिरहेका छन् ।

बिहान भएको छलफलमा प्रधानमन्त्रीले आफ्नो चीन भ्रमण फलदायी र प्रभावकारी हुनेमा जोड दिँदै त्यसका लागि आवश्यक गृहकार्य गरिएको बताएका थिए ।

कमेन्ट गर्नुहोस्