माओवादी केन्द्र काठमाडौं १५ द्धारा आत्महत्या रोकथामकालागि सचेतना र्‍याली

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले अहिले देशभर ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ संचालन गरीरहेको छ । पार्टी केन्द्रको निर्देशन अनुसार माओवादी केन्द्र काठमाडौं महानगरपालिका वडा -१५ ले पनि पार्टी रूपान्तरणको दृढ संकल्पसहित अभियान संचालन गर्दै आएको छ ।

यससन्दर्भमा माओवादी केन्द्र वडा-१५ ले आज आत्महत्या रोकथाम दिवस स्वयम्भुमा सन्देश मुलक कार्यक्रमका रुपमा आत्महत्या रोकथामको सचेतना र्‍याली आयोजना गर्यो ।

बिहान ८ बजे देखि वडाका विभिन्न स्थानमा अभियान संचालन गरीएको थियो ।उक्त कार्यक्रमा माओवादी केन्द्रका नेता कार्यकर्ता, स्थानीयवासी र सुरक्षा कर्मिहरूले चेतना जगाउने प्ले कार्डको विभिन्न चेतना मुलक नाराहरु लगाएका थिए ।

सो अभियानमा ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’मा वडा १५ को इन्चार्जको जिम्मेवारीमा रहेका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एंव प्रधानमन्त्री पुष्पकमल दाहालकाका प्रमुख स्वकीय सचिव सन्त कुमार दरै,माओवादी केन्द्र उपत्यका विशेष प्रदेश सदस्य दिपक गिरि गण्डकी समन्वय प्रदेश सचिव धर्मदत्त भुषाल १५ का पार्टी अध्यक्ष तारा बहादुर रानाभाट स्थानीय नेताकार्यकर्ता, स्थानीय वासी सुरक्षा कर्मीहरुको सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस्