काठमाडौं । समाजवादी मोर्चाका नेताहरू उपेन्द्र यादवले मुलुकमा रहेको अस्थिरता र असमानता अन्त्य समाजवादी मोर्चाले गर्ने बताएका छन् ।आज विराटनगरमा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले मोर्चा कसैको विरूद्ध नभई मुलुकको निकासका लागि बनाइएको बताएका हुन्।
‘कांग्रेसकै केही साथीहरूलाई भ्रम परेको रहेछ, यस्तो भ्रमबाट मुक्त हुनुस्’, यादवले भने, ‘विकास, शान्ति, स्थिरता र समृद्धिका लागि मोर्चा बनेको हो। तर, संघीय लोकतान्त्रिक गणतन्त्रविरूद्ध उभिनेहरूविरूद्ध मोर्चा सशक्त रूपमा पेश हुनेछ।’
एक अर्को प्रसंगमा यादवले कोशी नामबारेको जनताको आक्रोश सम्बोधन हुनुपर्ने बताए।‘प्रधानमन्त्रीज्यूका लागि अवसर छ, हामी साथमा छौं’, उनले भने, ‘अहिले नगरे कहिले गर्ने ?तपाईंले नगरे कसले गर्छ ?’