प्रधानमन्त्री प्रचण्डद्वारा नेम्वाङको निधनप्रति दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन् ।

नेम्वाङलाई बालुवाटारस्थित आफ्नो निजी निवासमा गएराति हृदयघात भएपछि राति १ बजे उपचारकालागि महाराजस्थित शिक्षण अस्पताल पुर्याइएको थियो । अस्पताल पुग्नासाथ उनलाई मृत घोषित गरिएको थियो । उपाध्यक्ष नेम्वाङको निधन लगत्तै प्रधानमन्त्री प्रचण्ड राति नै शिक्षण अस्पताल पुगेका थिए । शिक्षण अस्पतालमा नेम्वाङको निधन भएपछि प्रधानमन्त्रीले दुःख व्यक्त गरेका हुन् ।

“संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको छु । दिवंगत नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु,” प्रचण्डले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् ।

कमेन्ट गर्नुहोस्