काठमाडौं । संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष क.सुवास नेम्वाङको अन्त्यष्ठी गरिने दिन माओवादी केन्द्रले संचालन गरिरहेको अभियानका आन्तरिक कोठाहरुमा गरिने बैठक र छलफलहरु बाहेकका सार्वजनिक कार्यक्रमहरू २८ गतेका लागि स्थगित गरेको छ ।नेम्वाङको श्रद्धाका लागि माओवादी केन्द्रले सो निर्णय गरेको बागमती प्रदेश कार्यलयले एक सूचना जारी गर्दै जनाएको छ ।
यस्तो छ सूचना
प्रिय कमरेड अभिबादन ।
उपरोक्त सन्दर्भमा संबिधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष क.सुवास नेम्वाङको भोली मिति २०८० भाद्र २८ गते राजकिय सम्मानका साथ अन्त्यष्ठी गरिने र नेपाल सरकारले सार्वजनिक विदा समेत घोषणा गरेको यस शोकपुर्ण सन्दर्भमा हाम्रो पार्टीले संचालन गरिरहेको अभियानका आन्तरिक कोठाहरुमा गरिने बैठक र छलफलहरु बाहेकका सार्वजनिक कार्यक्रमहरु २८ गतेका लागि स्थगित गरी श्रद्धा ब्यक्त गर्नु हुन पार्टी केन्द्रको आदेश अनुसार अनुरोध गरिन्छ ।
नेकपा (माओबादी केन्द्र) बागमती प्रदेश कार्यलय ,