नेम्वाङको अन्तिम बिदाइ, प्रधानमन्त्री प्रचण्डले ओढाए राष्ट्रिय झण्डा(तस्बिर)

काठमाडौं । संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अन्तिम संस्कार गरीदै छ । नेम्वाङको शवयात्रा बालुवाटारस्थित निवासबाट सुरु भएर त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, चाबहिल हुँदै पशुपति आर्यघाट पुगेको हो ।

पशुपतिमा परिवारका सदस्यहरुले अन्तिम श्रद्धाञ्जली अर्पण गरेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाए । अन्तिममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा ओढाए। अब उनको दाहसंस्कार गरिने छ ।

यसअघि नेम्वाङको पार्थिव शरीर बालुवाटारस्थित निवासबाट मुन्धुम सँस्कृति अनुसारको विधिपूर्वक उठाइएको थियो । उनको अन्त्येष्टि मुन्धुम र हिन्दु सँस्कृति अनुसार गरिँदै छ ।उनको निधनको शोकमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ

।उनको दाहसंस्कारमा शीर्ष नेताहरू आर्यघाट पुगेका छन् ।


 

कमेन्ट गर्नुहोस्