गैह्रीगाउँ हत्यामा संलग्न चार अभियुक्त पक्राउ

काठमाडौँ । महानगरपालिका वडा नं ३२ तीनकुनेस्थित गैह्रीगाउँमा गए राति चार जनाको सामुहिक हत्या भएको छ । हत्या गरिएका चारमध्ये तीन जना एकै परिवारका हुन् । हत्यामा संलग्न दीपेन्द्र राईले प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका छन् ।

सामुहिक हत्यापछि प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका २८ वर्षीय दीपेन्द्र राई लागु औषधको दुर्व्यसनी रहेको प्रहरी प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । शुक्रबार बेलुका करिब १० बजे तिनकुनेस्थित दिब्य मिलमा कार्यरत कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, आमा शुभद्रा भुजेल र नविन राईको हत्या भएको थियो ।

हत्या गरिएकामध्ये कुमार, अम्बिका र शुभद्रा एकै परिवारका सदस्य हुन् । नविन भने मिलमा आउने–जाने गर्दथे । उनका बुबा पहिले सोही मिलमा काम गर्थे । प्रहरीका अनुसार हत्यामा संलग्न २८ वर्षीय दीपेन्द्र राई सहित अन्य तीन जनालाई पक्राउ गरेको छ । उनीहरू सबै लागु औषधको दुर्व्यसनी हुन् ।

प्रहरीका अनुसार हत्यामा संलग्न दीपेन्द्र मृतक नविनको काकाको छोरा हुन् । हत्या गरिएका कुमार बिगत १५ बर्षदेखि उक्त मिलमा कार्यरत थिए ।अहिले प्रहरीद्वारा तालिमप्राप्त कुकुरसमेत लगी अनुसन्धान कार्य जारी रहेको बताइएको छ । के र कुन कारणले हत्या गरिएको हो अनुसन्धान छ ।

कमेन्ट गर्नुहोस्