राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेट

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यूयोर्क प्रस्थान गर्नुअघि शनिबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा प्रधानमन्त्री प्रचण्डले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्र सङ्घको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराएका हुन् । भेटघाटमा भ्रमणबारे जानकारी र समसामयिक विषयमा पनि छलफल भएको जनाइएको छ ।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन आज (शनिबार) साँझ न्यूयोर्क प्रस्थान गर्दै छन् । उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको मुख्यालय अमेरिकाको न्यूयोर्क प्रस्थान गर्न लागेका हुन् ।

कमेन्ट गर्नुहोस्