अझै २० वर्ष राजनीतिमा सक्रिय रहन्छु : ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझै २० वर्ष आफू राजनीतिमा सक्रिय रहने बताएका छन्।

शनिबार बासँग बालबालिका कार्यक्रममा बोल्दै ओलीले अझै २० वर्षसम्म आफू राजनीतिमा सक्रिय रहने बताएका हुन्।

उनले आफू सक्रिय रहँदारहँदै योग्य व्यक्ति आए पार्टीको नेतृत्व सुम्पिएर देश चलाउन जिम्मा दिने घोषणा समेत गरे।

‘म २० वर्ष सक्रिय रहन्छु भन्नुको मतलब म नेतृत्व ओगटेर बस्छु भन्ने होइन। आफू सक्रिय रहेकै वेला योग्य व्यक्तिलाई कार्यभार सुम्पिएर देश चलाउन सहयोग गर्छु’, उनले भने।

कमेन्ट गर्नुहोस्