देशभरका अस्पतालमा आज आकस्मिकबाहेकका सेवा बन्द

काठमाडौं । नेपाल चिकित्सक संघले आइतबार (आज) देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने भएको छ ।

मकवानपुरको हेटौंडास्थित सन्चो अस्पतालमा दुई चिकित्सकमाथि आक्रमण गरिएको विरोधमा संघले आज आकस्मिक बाहेकका सेवा बन्द गर्ने संघले जनाएको छ ।

यही भदौ २७ गते डा.विकास थापा र डा.प्रशान्त विडारीमाथि बिरामीको उपचार गरिरहेको अवस्थामा सांघातिक आक्रमण गरिएको संघले शनिबार विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ । घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन सोही दिन संघले ७२ घण्टाको ‘अल्टिमेटम’ दिएको थियो । दोषीमाथि अझै कारबाही नगरिएको भन्दै संघले सेवा बन्दको कार्यक्रम सार्वजनिक गरेको हो ।यद्यपी आक्रमण गर्ने परिवार गुमाएका एकै परिवारका तीन जनालाई प्रहरीले पक्राउ गरीसकेको छ ।

देशभरका स्वास्थ्य संस्थामा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गर्नुपर्नेलगायत माग पनि संघले गरेको छ ।


 

कमेन्ट गर्नुहोस्