चिकित्सकलाई जनताको विश्वास जित्ने गरी काम गर्न आग्रह

काठमाडौं । नेकपा माओवादी केन्द्रको जनस्वास्थ्यकमी महासंघका महासचिव एंव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका जनस्वास्थ्य विज्ञ दिपेन्द्र खण्डकाले चिकित्सकलाई जनताको विश्वास जित्ने गरी काम गर्न आग्रह गरेका छन् ।

उनले चिकित्सक संघले आजदेखि गरेको स्वास्थ्य सेवा बन्दको कार्यक्रमप्रति असन्तुष्टि व्यक्त गर्दै गरेका हुन् । प्रधानमन्त्रीले दोषिमाथि कारबाहीको निर्देशन दिएको उनीहरू पक्राउ परिसकेको अवस्थामा आन्दोलन गर्नु जिम्मेवार कदम नहुने उनको भनाई छ ।

उनले लेखेका छन् -‘हेटौंडा अस्पतालमा चिकित्सकमाथि आक्रमकण गर्नेहरूलाई पक्राउ गरी तत्काल कार्बाही गर्न सम्माननीय प्रधानमन्त्री ज्यूले घटना लगत्तै निर्देशन गरिसक्नु भएको छ । त्यससँगै सरकारले आक्रमण गर्नेहरूलाई पक्राउ गरी कार्बाही प्रक्रिया समेत अगाडि बढाएको छ । सरकारले गरेको भुमिकाप्रति नेपाल चिकित्सक संघ जानकार हुँदाहुँदै जनताको आधारभुत स्वास्थ सेवा समेत अबरुद्ध हुने गरि आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नु कदापी जिम्मेवार कदम होईन। रचनात्मक तरिकाले दबाब दिन र सेवा अबरुद्ध नगरी आम जनताको विश्वास जित्न तथा थप जिम्मेवार बन्न नै बुद्धिमता हुन्छ।’

कमेन्ट गर्नुहोस्