काठमाडौं। हेटौंडामा चिकित्सकमाथि भएको आक्रमणपछि आन्दोलनरत नेपाल चिकित्सक सङ्घ र सरकारले गठन गरेको वार्ता टोलीबीच वार्ता जारी छ।बैठक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा जारी वार्तामा बसिरहेको हो ।
भदौ २७ गते सन्चो अस्पतालका चिकित्सक डा.विकास थापा र डा.प्रशान्त बिडारीमाथि अस्पतालमा बिरामीको उपचारमै खटिएको बेला कुटपिट भएको विषयलाई लिएर आन्दोलनरत थिए ।सङ्घको आन्दोलनका कारण देशभरका स्वास्थ्य संस्थामा ओपीडी सेवा बन्द छन्।
नेपाल चिकित्सक सङ्घले पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरेपछि सरकारले स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा.विकास देवकोटाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको थियो।
आजको बैठकमा आन्दोलनरत चिकित्सकहरूको माग र आन्दोलन रोक्नेबारे छलफल भैरहेको हो ।