प्रधानमन्त्री प्रचण्डद्धारा राष्ट्रिय विज्ञान दिवसको शुभकामना व्यक्त

प्रधानमन्त्री प्रचण्डद्धारा राष्ट्रिय विज्ञान दिवसको शुभकामना व्यक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय विज्ञान दिवसको शुभकामना व्यक्त गरेका छन् । आज २०८० असोज १ गते आज एघारौं राष्ट्रिय विज्ञान दिवस ‘विज्ञान साक्षरता र उद्यमशीलताः सबल अर्थतन्त्रको आधारशिला’ भन्ने नाराका साथ मनाइँदै छ साे अवसरमा प्रधानमन्त्री प्रचण्डले शुभकामना दिएका हुन् ।

वैज्ञानिक आचरणको मदत्तबाट जनतामा उद्यमशील संस्कृति विकास हुने र यही संस्कृतिमार्फत देशको अर्थतन्त्रको आधारशिला निर्माण हुने प्रधानमन्त्री प्रचण्डले बताएका छन् ।

अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलताका राष्ट्रिय प्रणालीहरू एकीकृत गरी दीर्घकालीन नीति र कार्यक्रमहरूको वर्जुमा र कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

यस्तो छ शुभकामना

कमेन्ट गर्नुहोस्