पशुपतिनाथको बसपार्कमा निःशुल्क पार्किङ

काठमाडौं । पशुपतिनाथको बसपार्कमा पार्किङ निस्शुल्क गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले अहिलेलाई पशुपतिनाथको बसपार्कमा पार्किङ निस्शुल्क गरिएको जानकारी दिएका हुन् ।

‘पशुपतिनाथको बसपार्कमा अनियमितता र कानुनको गम्भीर उल्लंघन देखिएकाले सम्झौता भंग गरिसकिएको छ । अर्को प्रक्रिया पूरा नहुँदासम्म पार्किङ निस्शुल्क गरिएको जानकारी गराइन्छ,’ किरातीले फेसबुकमा भनेका छन् ।

कमेन्ट गर्नुहोस्