दोहा कतार । प्रमुख निर्वाचन आयुक्त माननिय दिनेश कुमार थपलियाले आगामी जनवरी देखी पहिलो चरणमा प्रवास बाटै मतदाता नामावली संकलन गर्न शुरु गरिने बताएका छन् ।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले आयोजना गरेको विदेशमा रहेका नेपाली नागरिकहरुलाई मताधिकार प्रदान गर्ने सम्बन्धी अन्तरक्रिया कार्यक्रममा आइतबार बोल्दै थपलियाले विदेशमा रहेका नेपालीलाई मतदान गराउने लक्ष्यका साथ शुरुको चरणमा मतदाता नामावली संकलन गरिने बताए ।
अहिले स्थाई ठेगानामा मात्रै मतदाता नामवाली हुने प्रावधान रहेकोमा प्रवास बाट मतदाता नामावली संकलन गर्दा आफनो नेपालको मतदान स्थल सँगै विदेशमा रहेको देश दुवै ठाँउ बाट मतदाता हुन पाउने गरि व्यवस्था गरिने बताए ।
थपलियाले विदेशमा रहेका नेपाली नागरिकहरुलाई मताधिकार प्रदान गर्ने व्यवस्थाको लागी प्रवासमा पहिलो पटक कतारमा अन्तरक्रिया कार्यक्रमा सहभागी भएको भन्दै विदेशमा रहेका नेपालीलाई मतादानको अधिकार प्रत्यायोजन गर्न आफुले हरसम्भव प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे ।
निर्वाचन आयोगलाई विधमान कानुन अनुसार काम गर्न समस्या भएकोले त्यसको आवश्यक संसोधनको लागि मस्यौदा बुझाई सकेको बताउनुभयो । वर्तमान व्यवस्थाकै भौतिक रुपमा मात्रै मत हाल्ने व्यबस्था बाट विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिन ब्यबहारीक कठिनाई रहने भन्दै विधुतिय माध्यम बाट गर्न सके सम्भव हुने बताए। निर्वाचन आयोग सरोकारवाला निकाय सँग निरन्तर छलफल गरेर शुरुको चरणमा विदेशमा रहेका नेपालीलाई प्रतिनिधिसभाको समानुपातीक तर्फको मतदानमा सहभागीता गराउन सम्भव रहेको बताए। थपलियाले नेपाल भन्दा पनि विकशित देशले विदेशमा रहेका नागरिकलाइ मतदानको अधिकार पुर्ण रुपमा दिन नसकिरहेको भन्दै कतिपय फरक फरक देशको नियम कानुन अनुसार गर्नुपर्ने हुदाँ चुनौतीपुर्ण रहेको बताए ।
अन्तरक्रिया कार्यक्रममा नेपाली राजदुतावास दोहा कतारका प्रथम सचिव कृष्ण कुमार सुवेदीले विदेशमा रहेका नेपाली नागरिकहरुलाई मताधिकार प्रदान गर्न देखिएका चुनौती र दुतावासको भुमिका बारे जानकारी गराएका थिए ।
सो कार्यक्रममा नेपाली राजदुतावास कतारका श्रम सहचारी कष्ण प्रसाद पौडेल, गैरआवासीय नेपाली संघका सह–कोषाध्यक्ष होमनाथ शर्मा, मध्यपुर्व संयोजक केवी हमाल, आईसीसी सदस्यहरु, आईसीसी निर्वतमान मानार्थ परिषद सदस्य, एनसीसी पुर्व अध्यक्ष, बैचारीक संगठनका प्रमुख एवं प्रतिनिधि, कतारमा स्थापीत सम्पुर्ण संघ–संस्थाका प्रमुख एवं प्रतिनिधि, सामाजिक अभियानता एवं पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष कृष्ण पन्थीले गरे भने सञ्चालन सचिव सन्तोष क्षत्रीले गरेका थिए ।