काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कलाकारहरूलाई पुरस्कार प्रदान गरेकी छिन् । उनले संविधान दिवसको अवसर पारेर चलचित्र विकास बोर्ड द्वारा आयोजित कार्यक्रममा दश जना चलचित्रकर्मी र एक समितिलाई सम्मान गरेकी हुन् ।
चलचित्र विकास बोर्डले संविधान दिवस २०८० को अवसरमा चलचित्रकर्मी र एक समितिलाई सम्मान गरेको छ । बोर्डले सामाजिक शासकीय रूपान्तरणमा योगदान पुर्याएका दश जना चलचित्रकर्मीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरेको हो ।
मंगलबार बोर्डमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उनीहरूलाई पुरस्कार प्रदान गरेकी हुन् । यस्तै, पुरस्कृत हुनेहरूमा कलाकार मदनकृष्ण श्रेष्ठ, वसुन्धरा भुसाल, दिपाश्री निरौला लगायत चलचित्रकर्मीहरू रहेका छन्।