प्रधानमन्त्री प्रचण्ड र श्रीलङ्काका राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्कमा रहेएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासीङ्गेबीच भेटवार्ता भएको छ ।

भेटवार्ताका अवसरमा उनीहरूबीच दुईपक्षीय हित र चासोका विषयमा छलफल भएको छ । यसैबीच प्रधानमन्त्री ‘प्रचण्ड’सँग राष्ट्रसङ्घीय उच्च प्रतिनिधि रवाव फतिमाले पनि भेट गरेकी छिन् ।

न्यूयोर्कस्थित नेपालको स्थायी नियोगले दिएको जानकारीअनुसार भेटका अवसरमा दुबैबीच सामूहिक चासोका विभिन्न विषय र अल्पविकसित देशहरूको चासोलाई बहुपक्षीय फोरममा प्रोत्साहन गर्ने विषयमा छलफल भएको थियो ।

कमेन्ट गर्नुहोस्