प्रधानमन्त्री प्रचण्ड साइडलाइन भेटवार्तामा व्यस्त

आश्विन ३, न्युयोर्क । संयुक्त राष्ट्र संघ (यूएन)को ७८औं महासभामा भाग लिन न्युयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउद द्विपक्षीय साइडलाइन भेटवार्तामा व्यस्त छन् । प्रधानमन्त्री प्रचण्डले मंगलबार श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिघेसँग भेटवार्ता गरे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस

यूएन मुख्यालयमा भएको उक्त भेटवार्तामा दुई मुलुकबीचको द्विपक्षीय सम्बन्ध र बहुपक्षीय सहयोगलाई बढाउने विषयमा कुराकानी भएको न्युर्योकस्थित यूएनका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रसङ्घीय उच्च प्रतिनिधि फतिमाको भेट
प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रसङ्घीय उच्च प्रतिनिधि फतिमाको भेट

साथै, प्रधानमन्त्री प्रचण्डले त्यसअघि यूएनकी उच्च प्रतिनिधि रबाब फतिमासँग पनि भेटवार्ता गरिसकेका छन् । नेपाल अहिले कम विकसित मुलुकहरू (एलडीसी) को अध्यक्ष राष्ट्र हो । एलडीसीका अध्यक्ष प्रचण्डलाई यूएनकी एलडीसी तथा भूपरिवेष्ठित विकासशील देशहरूका लागि उच्च प्रतिनिधि फतिमाले भेट गरेकी हुन् । उक्त भेटमा सामूहिक चासोका विभिन्न विषय तथा अल्पविकसित देशहरूको चासोलाई बहुपक्षीय फोरममा कसरी प्रोत्साहन गर्ने भन्ने बारेमा कुराकानी भएको थियो ।

त्यसैगरी प्रधानमन्त्री प्रचण्ड र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच राष्ट्र सङ्घको मुख्यालयमा भेटघाट भएको छ ।उनीहरूबीच द्विपक्षीय सम्बन्ध र बहुपक्षीय सहकार्यका विषयमा महत्वपूर्ण छलफल भएको थियो ।

k|wfgdGqL प्रचण्ड र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच राष्ट्र सङ्घको मुख्यालयमा भेटघाट
प्रधानमन्त्री प्रचण्ड र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच राष्ट्र सङ्घको मुख्यालयमा भेटघाट

प्रधानमन्त्री प्रचण्ड र क्युवाका राष्ट्रपति मिगुएल डियाज क्यानेलबीच पनि भेट भएको थियो । सो भेटमा नेताहरूले आपसी सहकार्यका विषयमा कुराकानी गर्नुका साथै क्युवा र नेपालको परिर्वतनको आन्दोल र संघर्षका अनुभव आदानप्रदान गरेका थिए ।

प्रधानमन्त्री  प्रचण्ड र क्युवाका राष्ट्रपति मिगुएल डियाज क्यानेलबीच भेट
प्रधानमन्त्री प्रचण्ड र क्युवाका राष्ट्रपति मिगुएल डियाज क्यानेलबीच भेट

 

प्रधानमन्त्री प्रचण्डले न्युयोर्क आउनेबित्तिकै यूएनका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरिसकेका छन् । उक्त अवसरमा प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटेरेसबीच नेपालको शान्ति प्रक्रियाका बाँकी काम, जलवायु परिवर्तन, एलडीसी, विकास र आपसी सहकार्य तथा साझेदारीलगायतको विषयमा छलफल गरेका थिए । साथै, प्रधानमन्त्री प्रचण्ड मंगलबार राति अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्र र सरकार प्रमुखहरुलाई आयोजना गरेको रात्रिभोजमा सहभागी पनि भए ।

कमेन्ट गर्नुहोस्