शिक्षकहरू आन्दोलनमा : देशभरका सामुदायिक विद्यालयमा पठनपाठन ठप्प

काठमाडौं । प्रस्तावित शिक्षा विधेयकप्रति असहमति जनाउँदै शिक्षकहरु राजधानी केन्द्रीत आन्दोलनका लागि काठमाडौंमा ओर्लिएका छन् ।

देशभरका सामुदायिक विद्यालयहरुमा बिहीबारदेखि पठन पाठन ठप्प हुने भएको छ । नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरु काठमाडौं आएर बुधबारदेखि नै आन्दोलन सुरु गरिसकेका छन् । बुधबार दिनभर राजधानीमा प्रदर्शन गरेका शिक्षकहरुले बिहीबार पनि प्रदर्शन जारी राख्ने भएका छन् ।

शिक्षक महासंघले नै विद्यालय बन्द गरेर आन्दोलनमा लाग्न आह्वान गरेकाले पठन पाठन नहुने निश्चित छ । यता काठमाडौं महानगरपालिकाले भने विद्यालयमा पठनपाठन बन्द गरेको पाइएमा प्रचलित कानून बमोजिम शिक्षकहरूमाथि कारबाही गर्ने चेतावनी दिएको छ ।

महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले बुधबार विज्ञप्ति जारी गर्दै शिक्षकका पेसागत–वृत्ति विकासका लागि माग राख्ने र पूरा गर्ने विधि एवम् प्रक्रियाको फरक माग हुँदाहुँदै विद्यालय बन्द गरिए कारबाही गर्ने चेतावनी दिइएको छ । विद्यालय बन्द गर्दा उत्पन्न हुने परिस्थितिको जिम्मेवार सम्बन्धित व्यक्ति नै हुने पनि महानगरको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले शिक्षा विधेयकप्रति आफूहरुको पनि असहमति रहेको तर, त्यसो भन्दैमा विद्यालय बन्द गर्न भने नपाइने बताएका छन्। सामाजिक सञ्जालमा सन्देश लेख्दै मेयर शाहले पनि काठमाडौंमा विद्यालय बन्द गरिए कानून अनुसार कारबाही हुने स्पष्ट पारेका छन्।

सरकारले शिक्षकहरूलका माग पुरा गर्न अधिक्तम प्रयास गरिने बताएको छ । शिक्षकहरूलाई आन्दोनका छोडर वार्तामा आउन सरकारले आह्वान गरेको छ ।

कमेन्ट गर्नुहोस्