न्युयोर्कमा नेपाली समुदाय,व्यवसायी तथा विज्ञहरूसँग प्रधानमन्त्रीकाे अन्तरक्रिया

प्रधानमन्त्री प्रचण्ड र न्युयोर्कमा रहेका नेपाली समुदाय, व्यवसायी तथा विज्ञहरूबीच अन्तरक्रिया

काठमाडौं । अमेरिकामा पुष्पकमल दाहाल “प्रचण्ड” सहित परराष्ट्र मन्त्री श्री एन.पी. साउद एवम् नेपाली प्रतिनिधिमण्डलसँग नेपाली समुदाय, व्यवसायी तथा विज्ञको अन्तरक्रिया सम्पन्न भएको छ ।

छलफल नेपाली महावाणिज्यदूतावास न्युयोर्कले आयोजना गरेको हो । छलफलमा संयुक्त राष्ट्रसंघको ७८औं महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रसंघ मुख्यालय न्युयोर्कमा रहेका प्रधानमन्त्री प्रचण्ड, परराष्ट्र मन्त्री श्री एन.पी. साउद एवम् नेपाली प्रतिनिधिमण्डल, गैरआवासीय नेपाली समुदाय, व्यवसायी तथा विज्ञहरू सहभागी भए ।

कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गरेका छन् । सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा लगानीको वातावरण बनेको र नेपालमा निर्धक्क लगानी गर्न आह्वान गरे।

उनले नेपालमा लगानीको वातावरण बन्दै गएको भन्दै विदेशमा रहेका नेपालीहरूको सीप, क्षमता र लगानी बिना मुलुक अघि बढ्न नसक्ने बताए ।

उनले वर्तमान सरकार मुलुकको आर्थिक विकास, सम्वृद्धि र सुशासनका क्षेत्रमा गम्भीर भएर अघि बढेको दाबी समेत गरे । विदेशमा रहेका नेपालीहरुप्रतिको सोचमा परिवर्तन भएको भन्दै प्रधानमन्त्री प्रचण्डले एनआरएनहरू पलायन नभई विस्तारित भएको तर्क गरे ।

त्यससँगै प्रधानमन्त्रीले गैरआवासिय नागरित्ता उपलब्ध गराउँने र विदेशमा रहेका नागरिकलाई मतदानको अवसर दिनेबारे सरकारले काम गरीरहेको बताएका थिए ।

गैर आवासीय नेपाली समुदाय तथा व्यवसायी एवं विज्ञहरुबीच गरिएको अन्तरक्रिया कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूले कार्यपत्र प्रस्तुत गरेका थिए ।

उनीहरूले प्रस्तुत गरेको कार्यपत्रले आफू उत्साहित भएको भन्दै प्रधानमन्त्री प्रचण्डले त्यसलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धतासमेत व्यक्त गरे ।

 

कमेन्ट गर्नुहोस्