शिक्षक आन्दोलन : दुबो र रुखबिरुवाकाे हत्ते (तस्बिरहरू)

काठमाडौं । काठमाडौंमा जारी शिक्षक आन्दोलनको दोस्रो दिन नयाँ बानेश्वर क्षेत्रमा आन्दोलनकारी र सुरक्षाकर्मीबीच धकेलाधकेलको स्थिति भयो ।

निषेधित क्षेत्र तोड्न हजारौँको संख्यामा पुगेका शिक्षकलाई सम्हाल्न सुरक्षाकर्मीलाई हम्मे हम्मे नै परेको थियो ।

आन्दोलनकारीले प्रहरीका लाठी खोस्ने, बोतलले प्रहार गर्ने, डिभाइडर फ्याँक्ने, सडक छेउका रुखका हाँगा भाँचेर प्रहार गर्नेजस्ता गतिविधि देखाए । सो क्रममा नयाँ बानेश्वर क्षेत्रका रुखबिरुवा र दुबोमा क्षति पुगेको छ ।

कमेन्ट गर्नुहोस्