न्युयोर्क । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्र संघको ७८औँ महासभालाई सम्बोधन गरेका छन् । राष्ट्रसङ्घको महासभामा सहभातिता जनाउँन न्यूयोर्कमा रहेको उनी आजको सम्बोधनसँगै चीन भ्रमणमा निस्कदै छन् ।
उनले न्युयोर्कमा आयोजना भएको महासभाका अतिरिक्त विभिन्न समूहका बैठकहरूमा पनि सहभागिता जनाए । अल्पविकसित देशका ऐजेन्डामा समानता कायम गर्ने कोशिस गरे ।
महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले शान्ति, समृद्धि र प्रगतिका विश्वव्यापी साझा लक्ष्यहरूमा केन्द्रित हुनुपर्नेमा जोड दिए। राष्ट्रसङ्घको महासभामा नेपालको शान्ति प्रक्रियाको मौलिकता र नेपालको संविधानको विशेषताबारे चर्चा गरे ।
उनले शाति स्थापनार्थ नेपालको अनुभव सुनाए जुन विश्व शान्तिका लागि सिक्न लायक हुने धारणा व्यक्त गरे। साथै, उनले विश्वमा नेपालको शान्ति प्रक्रिया मौलिक भएको बताए । उनले २०१५ मा जारी नेपालको संविधान मानवअधिकार, सहभागितामूलक लोकतन्त्र, आवधिक निर्वाचन, समावेशी समानुपातिक प्रतिनिधित्व, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका र विधिको शासनको विश्वव्यापी मान्यताका आधारमा निर्माण गरिएको बताए । नेपालको संविधान विश्वव्यापी मान्यताका अधारमा बनेको बताए ।
सो क्रममा प्रधानमन्त्री प्रचण्डले सङ्क्रमणकालीन न्यायसम्बन्धी सर्वमान्य प्रक्रियाप्रति प्रतिबद्धता जनाउँनुका साथै त्यसमा सहयोगको अपेक्षा समेत राखेका छन् ।
प्रधानमन्त्रीले संयुक्त राष्ट्रसङ्घले तय गरेको दिगो विकासको लक्ष्य हासिल गर्न अल्पविकसित देशहरू विशेषगरी नेपाल प्रतिबद्ध रहेको बताउँदै विकसित देशहरूले गर्नुपर्ने सहयोगलाई बढाउँनुपर्ने बताए।
महासभामा प्रधानमन्त्री प्रचण्डले हिमाल बचाउनुपर्ने कुरालाई पनि प्राथमिकताका साथ उठाए ।नेपालको हिमाल विश्वका नागरिकको लागि शुद्ध पानीको स्रोत भएको बताउँदै पछिल्लो समय हिमाल पग्लेर काला पहाडको रुपमा हिमाल देखि थालेकोप्रतिचिन्तित बनाएको उनले बताए। सर्वोच्च शिखर सगरमाथासहित कैयौँ अग्ला हिमालहरू संरक्षण र ती देशको वातावरणिय सुरक्षा बारे संयुक्त राष्ट्रसङ्घको महासभामा पैरवी गरे ।
साथै, उनले विश्वका विभिन्न देशमा शान्ति स्थापनार्थ नेपालले सहयोग पुर्याउनसक्ने बताए। उनले विश्वमा नेपालका शान्ति सैनिकहरूको समर्पण, व्यावसायिकता र योग्यताबारे चर्चा गरे ।
प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसङ्घका महासचिवले महासभामा पस्तुत गरेका ऐजेन्डा र दृष्टिकोणलाई स्वागत र समर्थन गरेका छन् । उनले सबै ठाउँमा शान्ति र समृद्धि सुनिश्चित गर्नु र कुनै पनि देश र समुदाय पछाडि नछोडिने कुरा सुनिश्चित गर्नु हाम्रो सामूहिक दायित्व भएको समेत बताएका छन् ।