वार्ताको तयारीसँगै शिक्षकहरूको प्रदर्शन जारी, सडकमै नाचगान

काठमाडौं। सिंहदरबारमा शिक्षक र सरकारबीच वार्ताको तयारी भैरहेको भएपनि आन्दोलनरत शिक्षकहरुले आज (शुक्रबार) तेस्रो दिन पनि प्रदर्शनलाई निरन्तरता दिएका छन् । विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकहरुको छाता सङ्गठन नेपाल शिक्षक महासङ्घले यही असोज ३ गतेदेखि आन्दोलन सुरु गरेका हुन् ।

काठमाडौंको माइतीघरमा जम्मा भएर शिक्षकहरुले नयाँबानेश्वरसम्म प्रदर्शन गर्दैछन् । प्रदर्शनकै क्रममा शिक्षकहरुले सडकमै नाचगान गरेका छन् ।

संसदमा दर्ता भएको शिक्षा विधेयकमा महासङ्घले विभिन्न १८ बुँदे असहमति प्रकट गरेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् ।

बिहीबार साँझ आन्दोलनरत शिक्षक र सरकारबीच वार्ता भए पनि वार्ता बिनानिश्कर्ष टुंगिएको थियो। आज बार्ता टोलि बनाएर बैठक बस्ने भनिएको छ।े कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री प्रचण्डसँग छलफल गरी शिक्षकहरूसँगको वार्ता निष्कर्षमा पुर्याउन निर्देशन दिएका छन् । भने माग पुरा नभएसम्म आन्दोलन नरोकिने महासङ्घले चेतावनी दिएको छ ।

कमेन्ट गर्नुहोस्