आन्दोलनरत शिक्षक र सरकारबीच सहमति, आन्दोलन फिर्ता(सहमतिपत्र सहित)

आन्दोलनरत शिक्षक र सरकारबीच सहमति

काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच सहमति भएको छ ।

गृह मन्त्रालय शुक्रबार बसेको बैठकमा सहमति भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्

सरकार र शिक्षकहरुबीच सहमति भएसँगै आन्दोलनरत शिक्षकहरुले आन्दोलन फिर्ता लिएको छ । सात बुँदे सहमति गरेको हो ।

देशभरका शिक्षकहरु बुधबारदेखि राजधानीमा आन्दोलन गर्दै आएका थिए ।

यस्तो छ सहमति

संघीय संसद सचिवालयमा दर्ता गरिएको विद्यालय सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक का सम्बन्धमा नेपाल शिक्षक महासंघले प्रेस विज्ञप्तिमार्फत अघि सारेका अठार बुँदे मागका सम्बन्धमा आवश्यक वार्ताको लागि माननीय उपप्रधानमन्त्री एवं गृह मन्त्री श्री नारायणकाजी श्रेष्ठको संयोजकत्वमा नेपाल सरकारले वार्तागर्न आह्वान गरे बमोजिम नेपाल सरकार र नेपाल शिक्षक महासंघ, शिक्षक तथा कर्मचारीको पेशागत हकहितप्रति आवद्ध पेशागत संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा नेपाल सरकारको तर्फबाट र नेपाल शिक्षक महासंघको तर्फबाट हस्ताक्षर गरियो।
१.नेपालका सार्वजनिक विद्यालयमा अध्यापनरत शिक्षकको मर्यादाक्रम कायम गर्ने।
२. विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकु मा भएका देहायका व्यवस्थामा संसदको सार्वभौमिकतालाई सम्मान गर्दै संसदीय प्रणाली, अभ्यास र संघीय संसद सालनसम्बन्धी मौजूदा विधि बमोजिम प्रक्रिया अगाडी बढाउन सहजीकरण गर्नेस्
(क) शिक्षकको दश दश वर्षमा आवधिक बढ़वा हुने व्यवस्था गर्ने।
(ख) माध्यमिक तहको विशिष्ट श्रेणीमा बढुवा हुनको लागि न्यूनतम पाँच वर्ष सेवा कायम गर्ने ।
(ग) प्रजातान्त्रिक एवं पेशागत आन्दोलन तथा द्वन्द प्रभावित शिक्षक तथा कर्मचारीको विस्थापित भएको मितिबाट पुनर्वहालीसम्म वा निवृत्त भएको वा सेवाबाट राजीनामा दिएको अवधिसम्म टुटेको सेवा अवधि निवृत्तभरण वा उपदान वा अन्य सुविधा प्रयोजनको लागि गणना गर्ने ।
(घ) शिक्षक तथा कर्मचारीसम्बन्धी विभागीय कारबाही र सजाय सम्बन्धी व्यवस्थालाई पुनरावलोकन
गर्ने ।
(ङ) बिगतमा निम्नमाध्यमिक द्वितीय तथा प्राथमिक द्वितीय श्रेणी पदमा खुला प्रतिस्पर्धाबाट नियुक्त भएका
शिक्षकको पद समायोजन गर्ने। ९च० सम्बन्धित स्थानीय तहभित्र शिक्षक तथा प्रधानाध्यापकको सरुवा गर्दा विद्यालय व्यवस्थापन समितिको
सहमतिमा गर्ने।
(छ) शिक्षकले शिक्षा नियमावली, २०५९ बमोजिम पाइरहेको उपचार खर्चको व्यवस्थालाई समावेश गर्ने।
(ज) योगदानमा आधारित निवृत्तभरण प्रारम्भ हुने मिति निजामती कर्मचारीलाई भए सरह व्यवस्था गर्ने।
(झ) शिक्षकको निवृत्तभरण प्रयोजनको लागि अपुग हुने अवधि निजको अस्थायी सेवा अवधिबाट गणना
गर्ने ।
(ञ) शिक्षकको सेवा प्रवेशको अधिकतम अवधि चालीस वर्ष कायम गर्ने ।
(ट) साविक उच्च माध्यमिक विद्यालयमा स्वीकृत दरवन्दी र अनुदानकोटामा कार्यरत शिक्षक, राहत शिक्षक, विशेष शिक्षक, छुट अस्थायी करार, प्राविधिक धार र शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षककी सिमित प्रतिष्पर्धाका सम्बन्धी व्यवस्थालाई एक पटकको लागि आन्तरिक तर्फ पचहत्तर प्रतिशत कायम गर्ने ।

याे पनि पढ्नुस  यातायात व्यवसायी महासंघका अध्यक्षसहित पाँच पदाधिकारी रिहा

३. शिक्षा सम्बन्धि विज्ञ तथा शिक्षक महासंघ र अन्य सरोकारवालाको सहमतिमा नियामावलि तर्जुमा गर्ने र निम्न विषय समेट्ने

(क) कार्यसम्पादन मूल्याइन यहाँ शिक्षकको हकमा प्रधानाध्यापकको सं अध्यापकको हकमा विद्यालयीन सदस्यीय

समितिको व्यवस्था गर्ने।

(ख) पेशागत हकहित सातका नेपाल शिक्षक मान्य

याे पनि पढ्नुस  ५ हजार शिक्षकको स्थानीय तह परिवर्तन गरिदै

(ग) सार्वजनिक विधाको विद्यालय व्यवस्थापन समितिमा अभिभावकको हुनेगरी निर्धारण गरी संरचनाविषय

(घ) विद्यालय शिक्षक तथा कर्मचारीले पाउने दुर्गम भत्ता माही भत्ता तथा प्रेड वृद्धि तथा समायोज सुविधासम्बन्

(ङ) शिक्षक कर्मचारीको विदा र सोको विषय

(च) शिक्षक विद्यालय कर्मचारीको तहगत प्रणाली रा

(छ) शिक्षक अनुमतिपत्रसमयमिक विद्यालयमा नियुक्त पाएका शिक्षकको छुट सम्बन्धविषय

(ज) आशिक शिक्षक सम्बन्ध

(झ) शिक्षक अभिभावक विषय

(ञ) शिक्षक सेवा आयोगको परीक्षामा विद्यालय शिक्षक प्रतिष्पर्धा गर्नेसम्बन्धी व्यवस्था।

(ट) यस अघि नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासंघ बी मिति २०७८११९ मा भएको समझदारीलाई प्रत्यायोजित विधायको प्रारम्भिक बालविकाससम्बन्धी व्यवस्था गर्ने विषय र सेवाबाट हुँदा प्राप्त गर्ने सुविधा सम्बन्धी विषय

याे पनि पढ्नुस  हाइटीमा आन्दोलनः ४२ को मृत्यु

४. राष्ट्रिय मापदण्डमा समावेश गर्ने विषय

(क) विद्यालय कर्मचारीको दरवन्दीको विषय ।
(ख) सार्वजनिक विद्यालयमा कार्यरत कर्मचारीको न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा कोषमा आवद्धता लगायतका सुविधाको विषय ।
(ग) संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारीको नियुक्ति पत्र प्रदान गर्ने विषय न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा कोषमा आवद्धता लगायतका सुविधा र सरकारी निकायमा अभिलेख व्यवस्थापनको विषय ।
(घ) विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको तालिम तथा क्षमता अभिवृद्धिसम्बन्धी विषय

(ङ)  शिक्षकको दरबन्दी मिलान तथा पद मिलानसम्बन्धी व्यवस्था स्थानीय आवश्यकता वित व्यवस्था विद्यार्थी संख्या र विद्यार्थीको पहुँचलाई साधार बनाउने विषय

(छ) संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीका विषयमा शिक्षक तथा कर्मचारीको पेशागत की प्रतिनिधित्व हुने विषय

५. विद्यालय क्षेत्र भन्ने मान्यताका साथ सबै किसिमका विद्यालयका काम कारवाही आवश्यक सञ्चालन सम्बन्धी संघीय कानूनको परिधिभित्र पारी पठन पाठन संचालन हुने गर्ने शिवकलाई आवश्यक सुरक्षाको प्रत्याभूति प्रदान गर्ने ।

६. नेपाल शिक्षक महासंघद्वारा महान गरिएका काठमाडौ केन्द्रित सबै किसिमका कार्यक्रमहरुको मितबाट गर्ने र सार्वजनिक लगायत सबै किसिमका विद्यालयमा अध्ययन अध्यापनलाई नियमित पठन पाठन सचालन गर्ने।

 

सहमतिपत्र

कमेन्ट गर्नुहोस्