काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा बर्तमान अध्यक्ष चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् ।
क्यानको नयाँ नेतृत्व चयनका लागि शनिबार चुनाव हुने तयारी भईरहेको बेला चन्द निर्विरोध भएका हुन् । उनकोविरुद्ध उम्मेदवारी दिने तयारी गरेका विनय राजभण्डारीले उम्मेवारी नै नहालेपछि चन्द निर्विरोध भएका हुन् ।
नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का सचिवमा उम्मेदवारी दिए । खड्काकोविरुद्ध प्रशान्त विक्रम मल्लले उम्मेदवारी दिने चर्चा छ । कुल ८५ मतदाता रहेकोमा प्रतिनिधि छनौटमा विवाद भएकाले झापाको मताधिकार काटिएको छ ।
जसका कारण कुल मतसंख्या ८४ मात्रै कायम गरिएको छ । कुनै पनि पदमा जित्नका लागि न्युनतम ४३ मत आवश्यक पर्ने भएको छ ।