एसियन गेम्स उद्घाटनमा सीद्धारा प्रधानमन्त्री प्रचण्डसहित अन्तर्राष्ट्रिय विशिष्ट पाहुनालाई स्वागत

opening ceremony of the 19th Asian Games in Hangzhou

काठमाडौं । चीनियाँ राष्ट्रपति सी चिनफिङ र उनकी पत्नी पेङ लियुआनले हाङ्झाउमा १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुने नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहितका अन्तर्राष्ट्रिय विशिष्ट व्यक्तिहरूलाई स्वागत गरेका छन् । राष्ट्रपति सीले पाहुनाको स्वागतमा स्वागत भोजको समेत आयोजना गरे ।

चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुदको उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्ड सहभागी भएका छन्। एसियाडका खेलहरु २ गते नै सुरु भए पनि औपचारिक उद्घाटन आज हुन लागेको हो। अमेरिका भ्रमण सकेर हङकङ हुँदै प्रधानमन्त्री प्रचण्ड आजै बिहान चीन पुगेका हुन्। लगत्तै उनी त्यहाँका राष्ट्रपति सी चिनफिङसँगै एसियन गेम्स उद्घाटन समारोहमा सहभागी भए ।

याे पनि पढ्नुस  प्रधानमन्त्रीको चीन भ्रमण : नेपाल–चीन बिजनेस समिटलाई आज सम्बोधन गर्ने

एसियन गेम्समा नेपालका २९ खेलका २ सय ५३ खेलाडीले नेपालको चुनौती पेस गर्दै छन्। एसियन गेम्समा नेपालबाट सबैभन्दा धेरै खेलाडी पहिलोपटक सहभागी हुन लागेका हुन्।

एसियाडको उद्घाटनको मार्च पासमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता तेक्वान्दोका वीरबहादुर महरा र १२ र १३औं सागकी स्वर्ण पदक विजेता उसुकी निमा घर्तिमगरले नेपालको झन्डा बोक्नेछन्।

याे पनि पढ्नुस  ‘अबको चुनाव कठीन र गम्भीर’- प्रधानमन्त्री

एसियाडको उद्घाटनअघि नै नेपालको पुरुष भलिबल टोली भने प्रतियोगिताबाट बाहिरिसकेको छ। समूह चरणका दुवै खेलमा पराजित नेपाली टोली बाहिरिएको हो। एसियाडमा महिला भलिबल, टेबल टेनिसका खेल पनि सुरु भसकेका छन्। एसियाडका लागि सहभागी खेलाडी, प्रशिक्षक, पर्यवेक्षक चीन पुग्ने क्रम जारी छ।

याे पनि पढ्नुस  प्रधानमन्त्रीको भ्रमणबाट चीनसँगको सम्बन्धमा नयाँ आयाम थपियो : माओवादी केन्द्र

एसियाडका लागि राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला ज्वाला, सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायत चीन पुगिसकेका छन्।

कमेन्ट गर्नुहोस्