प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति सिबीच औपचारीक भेटवार्ता

Nepal Prime Minister Prachanda to meet President Xi-2023

हाङ्झाउ। जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सि जिनफिङबीच चीनको हाङ्झाउमा औपचारिक भेटवार्ता भएको छ।

झेजियाङको राजधानी सहर हाङ्झाउमा १९औं एसियाली खेलकुदको उद्घाटन समारोहअघि ‌प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधि मण्डल र चिनियाँ राष्ट्रपति सी नेतृत्वको टोलीबीच औपचारिक भेटवार्ता भएको हो।

भेटवार्तामा सीको नेपाल भ्रमण देखिका विषयमा छलफल भएको हो । प्रधानमन्त्री प्रचण्ड शनिबार विहान चीनको हाङ्चाउ पुगेका हुन। उनलाई विमानस्थलमा चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानले स्वागत गरेका थिए भने साथमा नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चिनियाँ राजदूत छन सोङलागयत उच्च अधिकारीहरू पनि थिए।

याे पनि पढ्नुस  ‘पुल भत्काएर अघि बढीसक्यौं, अब पछाडि फर्किन्न’– प्रचण्ड

प्रधानमन्त्री प्रचण्ड राष्ट्रसंघको ७८औँ महासभालाई सम्बोधन गरेर शनिबार न्यूयोर्कबाट त्यहाँ पुगेका हुन्। प्रधानमन्त्रीको भ्रमण दलमा परराष्ट्र मन्त्री एनपी साउद र अन्य सदस्यहरु न्यूयोर्कबाट गएका र नेपालबाट पनि सिधै चीन पुगेका छन्।

प्रधानमन्त्री प्रचण्ड उक्त कार्यक्रमपछि बेइजिङ पुग्नेछन्। बेइजिङमा सेप्टेम्बर २५ मा आफ्ना चिनियाँ समकक्षी लि छियाङसँग द्विपक्षीय वार्ता गर्ने र चीनको छोङछिङ्ग महानगरपालिकामा रहेको कृषि एवं औद्योगिक क्षेत्र अवलोकन गर्नेछन्। सो क्षेत्रमा आधुनिक कृषि प्रणालीका साथै चीनले अपनाएको आधुनिक खेती प्रणाली बारेमा पनि जानकारी लिनेछ्न्।

याे पनि पढ्नुस  नयाँ वर्ष २०७४ सालको अवसरमा प्रधानमन्त्रीद्धारा शुभकामना व्यक्त

उनले चीनको राष्ट्रिय जनकङ्ग्रेसको स्थायी समिति अध्यक्ष झाओ लेजीसँग पनि भेट हुनेछ। बेइजिङमा उनलाई सीले रातो कार्पेट नविछ्याए पनि उनीहरूबीचको हाङजाओ वार्ताको मुर्त रुप भने लि सँग भेटेपछि लिनेछ। उनले चीनस्थित नेपाली राजदूताबासले आयोजना गर्ने नेपाल(चीन लगानी सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम पनि छ। सम्मेलनमा नेपाल र चीनका उद्योगी व्यवसायीहरुको सहभागिता रहने भनिएको छ।

याे पनि पढ्नुस  प्रचण्ड,बाँदरमुढे विस्फोट सम्झेर भावुक बने, भावुक बन्दा प्रचण्डलाई ओलीकाे साथ

प्रधानमन्त्री प्रचण्ड नेपालसँग सीमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जाने र त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता एवं अवलोकन सकेर असोज १३ गते नेपाल फर्कने कार्यक्रम छ ।

कमेन्ट गर्नुहोस्