क्यानमा नयाँ नेतृत्व : अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का (कार्यसमितिसहित)

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)मा नयाँ नेतृत्व आएको छ । चतुरबहादुर चन्दको नेतृत्वमा क्यानले नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

नयाँ कार्यसमितिको अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनकुमार सिंह, सचिवमा पारस खड्का, कोषाध्यक्षमा पदमबहादुर खड्का, महिला सदस्यमा जयन्तीदेवी भट्ट, कर्णालीमा श्रीधर केसी र लुम्बिनी प्रदेशमा प्रदीप मजगैया चयन भए । यसमा पारसबाहेकका सबै निर्विरोध भएका थिए ।

क्यानको चुनावी साधारणसभाबाट सचिवमा निर्वाचित भएका नेपाली क्रिकेट राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले ४८ मत ल्याएका छन् । सचिवमा पारसका प्रतिद्वन्द्वी प्रशान्तविक्रम मल्लले ३७ मत ल्याए ।

याे पनि पढ्नुस  विश्वकप क्रिकेटः पाँच ओभरमा ६ रन दिए शाकिवले लिए ३ विकेट !

निर्वाचनमा मधेस प्रदेशका दुई उमेदवार माधव कर्माचार्य र मोहम्मद दाउन अन्सारीले समान ४२ मत ल्याए । मत बराबर हुँदा गोलाप्रथाबाट माधव विजयी भए । यस्तै, खुलातर्फ पनि करण महतरा क्षेत्री र ऋषिराम गौतमले समान २६ मत पाएका थिए । जसमा गोलाप्रथाबाट करण विजयी भए ।

याे पनि पढ्नुस  प्रधानमन्त्री कपः उपाधिका लागि भोलि पुलिस र आर्मी भिड्दै

कोसी प्रदेशबाट अर्जुन पौडेल ४८ मतसहित विजयी भए । वाग्मती प्रदेशबाट दिवाकर घले ४६ मतसहित विजयी भए । गण्डकी प्रदेशबाट सुदीप शर्मा ५२ मतसहित विजयी भए । सुदूरपश्चिम प्रदेशबाट विक्रम विष्ट ४९ मतसहित विजयी भए ।

खुला पाँच सदस्यमा धिरेन्द्र साउद ५९ मतसहित विजयी भए । धिरेन्द्र क्यानको निर्वाचनमा सबैभन्दा धेरै मत ल्याउने सदस्य बने । यस्तै, दुर्गाराज पाठक ५४, आयुष श्रेष्ठ ५१ र विरेन्द्रबहादुर चन्द ३४ मतसहित विजयी भए ।

याे पनि पढ्नुस  सोमपालको प्रयासका बावजुद नेपाल नेदरल्याण्डसँग पराजित

क्यानको केन्द्रीय निर्वाचनमा ८५ मत थिए । जसबाट शतप्रतिशत मत खसेको थियो । क्यानको कुल मत ८६ भए पनि शुक्रबारको साधारणसभाले प्रतिनिधि विवादका कारण झापा जिल्लाको मताधिकार खोसेको थियो ।

कमेन्ट गर्नुहोस्