काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अथाह सम्भावना बोकेको नेपाल अब पनि गरिबी र अभावको देश बनिरहन नसक्ने बताएका छन् ।
आज केही समय अघि चीनको राजधानी बेइजिङमा आयोजित नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।प्रधानमन्त्रीले यस किसिमका छलफल र सहकार्यले नेपालको सम्भावनालाई प्रयोग गरी समृद्ध देश बनाउँन सकिने विचार व्यक्त गरेका हुन् ।
सो समिट नेपाल उद्योग वाणिज्य महासंघ र बेइजिङको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनका लागि चाइना काउन्सिलको संयुक्त आयोजना बेइजिङमा गरीएको हो ।
प्रधानमन्त्री प्रचण्डले नेपाल र चीनबीच आर्थिक सहयोग र सहकार्यको गतिलाई निरन्तरता दिनुपर्ने उनले बताए । दुई देशका निजी क्षेत्रबीचको बलियो सहकार्य र आदानप्रदानले नेपाल–चीन आर्थिक सम्बन्धलाई पारस्परिक लाभका लागि थप विकासमा सार्थक रूपमा योगदान पु¥याउन सक्ने उनको भनाई थियो ।
उक्त फोरमलाई सम्बोधन गर्न पाउँदा खुसी लागेको बताउँदै प्रधानमन्त्री प्रचण्डले यो समिटलाई विकासको इन्जिन, प्राविधिक आविष्कार आदनप्रदान गर्ने अवसरको समेतमा लिएको बताए ।

यो समिट नेपाल र चीनबीचको आर्थिक साझेदारीलाई अझ प्रगाढ बनाउने महत्त्वपूर्ण अवसरको भएको प्रधानमन्त्रीले बताए । यसले दुई देशबीचको व्यापार–व्यवसाय सम्बन्ध र लगानी सम्बन्धलाई बलियो बनाउन मार्ग खोलेको उनले बताए ।
बिजनेस समिटमा चीनका उच्चस्तरीय अधिकारीहरूसहित नेपालबाट गएका उद्योगी व्यवसायीहरुको सहभागीता रहेको थियो ।