नेपाल चीन सम्बन्धमा नयाँ आयाम : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री प्रचण्डको सम्मानमा चीनका लागि नेपाली राजदूतद्धारा आयोजित स्वागत समारोह

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनका राष्ट्रपति सी चिनफिङसँग सौहार्द एवम् हार्दिकतापूर्वक कुराकानी भएको र यसले दुई देशको सम्बन्धलाई नयाँ आयाम दिने बताएका छन् ।

चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ
चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डको सम्मानमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ तथा दूतावास परिवारले आइतबार आयोजना गरेको स्वागत समारोहमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने “चीनमा आएर सर्वोच्च नेता सी चिनफिङसँग सौहार्द र हार्दिकतापूर्वक कुराकानी भयो । यसले निकै उत्साह नेपाल–चीन सम्बन्धलाई नयाँ आयाम दिने, कनेक्टिभिटीलाई नयाँ मार्गप्रशस्त गर्ने, नयाँ गति दिएर आपसी सम्बन्धई मजबुत बनाउन सकिने विश्वास लिएका छौं ।”

याे पनि पढ्नुस  प्रधानमन्त्री प्रचण्डले भने–‘मेरो नेतृत्वको सरकार मुलूकका सबै क्षेत्रमा सकारात्मक परिवर्तन गर्न लागिपरेको छ’

प्रधानमन्त्री प्रचण्डले नेपाल र चीन दुई देशबीचको आपसी सम्बन्ध थप मजबुत बनाउन सकिने विश्वास व्यक्त गरे।उनले चीन भ्रमण सफल बनाउन नेपालका लागि चिनियाँ राजदूतले धेरै मिहेनत गरेको बताउँदै विशेष सद्भाव र सम्मान प्रकट भएकोमा विशेष धन्यवाद ज्ञापन समेत गरे ।

याे पनि पढ्नुस  प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्डको सम्मानमा चीनका लागि नेपाली राजदूतद्धारा आयोजित स्वागत समारोह

प्रधानमन्त्रीको हैसियतले तेस्रो र राजनीतिक नेतृत्वको हैसियतले तेस्रो चीन भ्रमण भएको उल्लेख गर्दै उनले सबै भेटमा चीनका नेतासँग महत्वपूर्ण छलफल गर्दै अघि बढ्ने अवसर प्राप्त भएको स्मरण गरे ।

प्रधानमन्त्री प्रचण्डले भने, “सम्मान, सद्भाव जे भनेपनि पहिलेभन्दा अलि विशिष्ट हुन गएको मैले महसुस गरेको छु ।’’

राष्ट्रपति सीसँग आपसीहित, पूर्वाधारको क्षेत्र, कनेक्टिभिटीमा रेल, हवाइ यातायात, बाटोघाटो लगायत पर्यटन, शिक्षा, स्वास्थ्य र विशेष गरी कृषि क्षेत्रमा सहयोग सम्बन्धमा छलफल भएको उनले जानकारी दिए ।

याे पनि पढ्नुस  प्रधानमन्त्री प्रचण्ड आजै बेइजिङ फर्किने, सोमबार राष्ट्रपतिसँग भेटवार्ता

उनले न्युयोर्कमा संयुक्त राष्ट्र संघको कार्यक्रम पश्चात् सिधैं चीन भ्रमणको संयोग मिलेको बताए । शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण र दुई पटक शान्तिपूर्ण एवम् प्रतिस्पर्धात्मक वातावरणमा सम्पन्न भएको विषयमा छिमेकी राष्ट्र, विकसित मुलुक एवम् अन्तर्राष्ट्रिय समुदायले ध्यान दिनुपर्नेमा प्रधानमन्त्री प्रचण्डको जोड थियो ।

कमेन्ट गर्नुहोस्