काठमाडौं । विज्ञापन (नियमन गर्ने) नियमावली (पहिलो संशोधन गरिएको छ । जसअनुसार विज्ञापन बोर्डले होर्डिङ बोर्ड, सवारी साधन लगायत अन्य माध्यममा कुनै व्यक्तिको फोटो राखी विज्ञापन गर्दा स्वदेशी कलाकार वा व्यक्तिको फोटो प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ ।
बोर्डद्धारा एक सूचना जारी गर्दै होर्डिङ बोर्ड, सवारी साधन लगायत अन्य माध्यममा विदेशी कलाकार वा व्यक्तिको फोटो राखी विज्ञापन गरिएको भए त्यस्ता फोटोहरू हटाई नियमानुसार स्वदेशी कलाकार वा व्यक्तिको फोटो राखी विज्ञापन गर्न गराउनुहुन विज्ञापन दाता.विज्ञापन एजेन्सी, सञ्चार माध्यम लगायत सबै सरोकारवालालाई सूचित गरेको हो ।