प्रधानमन्त्री प्रचण्ड र चिनियाँ नेता झाओ लेजीबीच भेटवार्ता

meeting with pm prachnada and chines leader Zhao Leji at Great Hall of the People

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रिय जनकाङ्ग्रेस स्थायी समितिका अध्यक्ष झाओ लेजीबीच भेटवार्ता भएको छ ।

दुई नेताको भेट ग्रेट हल अफ द पिपुलमा भएको हो । भेटमा दुवै पक्षका प्रतिनिधिहरूको सहभागीता रहेको छ ।

प्रधानमन्त्री प्रचण्डले आजै १०ः५५ बजे आज चिनियाँ समकक्षी ली छियाङसँग द्विपक्षीय वार्ता गर्दै छन् । त्यसअघि प्रधानमन्त्री प्रचण्डको सम्मानमा तियानमेन स्क्वायरमा स्वागत समारो गरी गार्ड अफ अनर दिइदै छ ।

राजधानी बेइजिङमा हुने भेटवार्तापछि प्रधानमन्त्री प्रचण्डले छोङछिङ्ग महानगरपालिकामा कृषि र औद्योगिक क्षेत्रमा गरेको विकास अवलोकन गर्नेछन् ।

उक्त क्षेत्रमा आधुनिक कृषि प्रणालीका साथै चीनले अपनाएको आधुनिक खेती प्रणाली बारेमा पनि जानकारी लिनेछन् ।

meeting with pm prachnada and chines leader Zhao Leji at Great Hall of the People

कमेन्ट गर्नुहोस्