प्रधानमन्त्रीकाे चीन भ्रमण : द्विपक्षीय वार्ता जारी

बेइजिङ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका चिनियाँ समकक्षी लि छ्याङबीच बेइजिङमा द्विपक्षीय भेटवार्ता जारी छ ।

यहाँको स्थानीय समयअनुसार बिहान ११ बजे ग्रेट हल अफ दि पिपलमा भेटवार्ता भैरहेको हो ।

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' and Chinese Prime Minister H.E. Informal meeting between Li Qiang at the Great Hall of the People in Beijing

Prime Minister Pushpa Kamal Dahal ‘Prachanda’ and Chinese Prime Minister Li Qiang at the Great Hall of the People in Beijing.

यसअघि प्रधानमन्त्री दाहाललाई चिनियाँ प्रधानमन्त्री लिले ग्रेट हल अफ दि पिपलमा स्वागत गरेका थिए । उनीहरूबीच नेपाल–चीन सम्बन्धका विविध पक्ष एवं द्विपक्षीय हित र चासोका विषयमा विचारविमर्श भएको छ ।

याे पनि पढ्नुस  चीनमा प्रधानमन्त्री प्रचण्डलाई ‘गार्ड अफ अनर’ (तस्बिरहरू)

सो भेटवार्तामा परराष्ट्रमन्त्री एनपी साउदसहित नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूको समेत सहभागिता रहेको छ । भेटवार्तापछि द्विपक्षीय सहयोग एवं सम्झौतामा पनि हस्ताक्षर हुने कार्यक्रम रहेको छ । रासस

कमेन्ट गर्नुहोस्