नेपाल–चीन सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' and Chinese Prime Minister H.E. Informal meeting between Li Qiang at the Great Hall of the People in Beijing

बेइजिङ । चिनियाँ प्रधानमन्त्री ली छियाङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले महसुस गरेको बताएका छन् ।

हाल चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको द्विपक्षीय वार्ता सुरु हुनुअघि दिएको छोटो स्वागत मन्तव्यमा उनले सो धारणा राखेका हुन् ।

प्रधानमन्त्री छियाङले नेपालका प्रधानमन्त्री प्रचण्डको भ्रमण द्विपक्षीय सम्बन्धको विस्तार र सुदृढीकरण गर्न थप सहयोगी बनेको बताए ।

याे पनि पढ्नुस  एसियन गेम्स उद्घाटनमा सीद्धारा प्रधानमन्त्री प्रचण्डसहित अन्तर्राष्ट्रिय विशिष्ट पाहुनालाई स्वागत

चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटमा दुई देशको सम्बन्धका विविध आयाममा छलफल हुनु सुखद रहेको प्रधानमन्त्री छियाङले बताए । उनले प्रधानमन्त्री प्रचण्डले चीन–नेपाल सम्बन्धलाई थप सुमधुर बनाउन योगदान पु¥याएको उल्लेख गरे ।

प्रधानमन्त्री छियाङले नेपालको सदियौँ पुरानो एक छिमेकी रहेको चीनले सदैव नेपालको विकास, समृद्धि र हित चाहेको धारणा राखेका थिए । रासस

कमेन्ट गर्नुहोस्