बेइजिङ। नेपाल र चीनबीच १२ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ भने १ समझदारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका चिनियाँ समकक्षी लि छ्याङको उपस्थितिमा उक्त सम्झौता र समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
ग्रेट हल अफ दि पिपुलमा भएको द्विपक्षीय वार्तापछि १२ वटा सम्झौता र १ समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
द्विपक्षीय वार्ताको क्रममा चिनियाँ प्रधानमन्त्री ली छियाङ्ले चीन–नेपाल सम्बन्ध सुमधुर बनाउन प्रधानमन्त्री प्रचण्डको विशेष योगदान रहेको भन्दै प्रशंसा गरे ।
उनले प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भएको वार्ता फलदायी रहेको बताए।
रणनीतिक साझेदारीको सहकार्यसहित नेपाल चीनसम्बन्धमा राष्ट्रपति सी को २०१९ मा भएको नेपाल भ्रमणदेखि नयाँ आयाम एवम् उचाइ थपिएको बताउँदै नेपालको विकासका लागि सहकार्य गर्न चीन सदैव तत्पर रहेको भने ।
प्रधानमन्त्री प्रचण्डले नेपाल अहिले सामाजिक एवम् आर्थिक विकासमा केन्द्रित रहेको बताए । सङ्क्रमणकालीन न्यायसम्बन्धी कार्य छिटो टुङ्गोमा पुर्याउन नेपालले काम गरिरहेको बताए ।
द्विपक्षीय वार्ता अघि प्रधानमन्त्री प्रचण्डको स्वागतार्थ चिनियाँ जनमुक्ति सेनाले सैनिक सलामी, गार्ड अफ अनर दिइएको थियो ।