राहत शिक्षकहरू सडकमै सुते

काठमाडौं । सरकारले आफूहरुको माग पूरा नगरेको भन्दै राहत शिक्षकहरुले सडकमै सुतेर विरोध प्रदर्शन गरेका छन् ।

विभिन्न शिक्षक संगठनहरुसँग सरकारले ६ बुँदे सहमति गरेपनि आफ्ना मागहरुका विषयमा भने कुनै सुनुवाइ नभएको भन्दै उनीहरुले सोमबार काठमाडौंको बिजुलीबजार क्षेत्रमा सडकमै सुतेर विरोध प्रदर्शन गरेका हुन् ।

२०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षक विस्थापित नहुनेगरी ऐन बन्नुपर्ने मागलाई सरकारले सुनुवाइ नगरेको उनीहको भनाइ छ ।

सरकारसँगको वार्ताका क्रममा आफ्ना माग र मुद्दाहरु अघि सार्दा सम्बोधन गर्न सरकार तयार नभएकाले उक्त सहमति आफुहरुलाई स्वीकार्य नभएको उनीहरुको आरोप छ ।

कमेन्ट गर्नुहोस्