एमाले वाग्मती अधिवेशन : आज बन्दसत्र गर्दै

काठमाडौं । नेकपा (एमाले)ले वाग्मती प्रदेश अधिवेशनको बन्दसत्र आज गर्दै छ ।

सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गरेका थिए । अधिवेशनको बन्दसत्र मंगलबार बिहान ८ बजेबाट सुरु हुने बताइएको छ ।

प्रज्ञा भवन कमलादीमा हुने बन्दसत्रमा मौजुदा कमिटीका तर्फबाट राजनीतिक, सांगठनिक प्रतिवेदन पारित गरिएपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ ।

याे पनि पढ्नुस  अस्पतालबाटै प्रधानमन्त्रीले लेखे मार्मिक पत्र (पत्रसहित)

अधिवेशनले पाँच पदाधिकारीसहित २४० सदस्यीय समिति चुनिने एमाले वाग्मतीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्