आजबाट इन्द्रजात्रा सुरु हुँदै, यी क्षेत्रमा हुनेछ सवारी आवागमन प्रभावित

काठमाडौं । काठमाडौं उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा आजबाट सुरु हुँदै छ ।

नेवारी समूदायले यो पर्वमा वर्षा र सहकालको देवताको रूपमा इन्द्रको पूजा आराधना गर्दछन् । आठ दिनसम्म विभिन्न नाजगान, रथयात्रा गरी यो पर्व मनाइन्छ ।

जात्रामा सहभागी हुनका लागि २० जना विदेशी पाहुना आउने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

इन्द्रजात्रामा राष्ट्रप्रमुखको हैसियतमा राष्ट्रपतिले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको दर्शन गर्ने परम्परा रही आएको छ ।

महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार जात्राअन्तर्गत वन प्रस्थान, लिंगो नगर प्रवेश लगायतका काम सम्पन्न भइसकेको छ ।

जात्रा सञ्चालन तथा व्यवस्थापनका लागि इन्द्र जात्रा व्यवस्थापन समितिसँगको सहकार्यमा महानगरपालिकाले सांस्कृतिक, सामाजिक तथा धार्मिक क्रियाकलाप सञ्चालन, प्रवर्द्धनको काम गरिरहेको छ । शान्ति सुरक्षा, सरसफाइ, सम्पदाहरूको मर्मत, रङरोगन, रथयात्राको रुटमा पर्ने सडक मर्मत लगायतका काम गरिएको छ ।

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि इन्द्रजात्रा मनाइँदै छ । इन्द्रजात्राको अवसरमा आयोजना गरिने जात्राका कारण सवारी आवागमन प्रभावित हुने जनाइएको छ ।

काठमाडौं महानगरले सूचना जारी गर्दै काठमाडौंको बसन्तपुर केन्द्रित सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्वको पर्व भएका कारण सवारी साधन प्रवेशमा रोक लगाइएको बताएको छ ।

जात्राको विशेष दिनहरूमा जात्रा हुने स्थानमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

सूचना अनुसार असोज ११ गते बसन्तपुर, मरु, चिंकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरु हुँदै बसन्तपुरसम्म सवारी साधन चलाउन पाइने छैन ।

असोज १२ गते बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहनल, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै बसन्तपुर क्षेत्रमा सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ ।

त्यस्तै, असोज १५ गते बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, किलाघ, भेडासिं, इन्द्रचोक, मखन हुँदै बसन्तपुर क्षेत्रमा सवारी साधन चलाउन नपाइने बताइएको छ ।

कमेन्ट गर्नुहोस्