प्रधानमन्त्री प्रचण्डद्धारा छाेङकिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सको अवलोकन भ्रमण

छोङछिङ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छोङछिङस्थित कृषिको आधुनिकीकरण सम्बन्धी कृषि विज्ञान प्रतिष्ठानको अवलोकन भ्रमण गरेका छन् ।

कृषि, पशुपालन तथा माछा पालनमा नेपाल र चीनबीच सहयोग आदानप्रदानका लागि समझदारी पत्रमा हस्ताक्षर भएको भोलिपल्ट प्रधानमन्त्री प्रचण्डले कृषि अनुसन्धानमा ख्यातिप्राप्त यस संस्थाको भ्रमण गरेका हुन् ।

याे पनि पढ्नुस  नेपाल–चीन सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले वैज्ञानिक एंव आधुनिक कृषि प्रणालीबारे जानकारी लिएका छन् ।

छोङछिङ दक्षिणपश्चिममा रहेको देशकै ठूला शहरमध्येको एक शहर हो । जहाँ प्रधानमन्त्री प्रचण्ड मङ्गलबार बिहान चीनको राजधानी शहर पेइचिङ्बाट चाइना एअरमार्फत आइपुगेका हुन् ।यहाँ आइपुग्दा प्रधानमन्त्री प्रचण्डलाई छोङछिङ महानगरका उपप्रमुख डाङ यानजेङ र चाङ गउजीले छोङछिङ विमानस्थलमा स्वागत गरे ।

याे पनि पढ्नुस  प्रधानमन्त्री प्रचण्ड ल्हासा पुग्दा यस्तो देखियो (तस्बिर)

कार्यक्रम अनुसार आजै चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य एवम् छोङछिङ नगरका पार्टी सचिव युआन चिआचुनले प्रधानमन्त्रीसँग भेट गर्ने छन् ।

प्रधानमन्त्री प्रचण्डको सम्मानमा चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य चिआचुनले रात्री भोजको आयोजना गर्ने कार्यक्रम पनि छ । आजै प्रधानमन्त्रीसँग चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका मन्त्री लिउ चियानचाओले पनि भेट्ने कार्यक्रम छ ।

याे पनि पढ्नुस  प्रधानमन्त्री प्रचण्ड छोङ्छिङबाट ल्हासा प्रस्थान, यस्तो छ भ्रमण तालिका

प्रधानमन्त्री प्रचण्डको साथमा परराष्ट्र मन्त्री एनपी साउद, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, खानेपानी मन्त्री महिन्द्र राय यादवसहित भ्रमण दलका सदस्यहरु छन् ।

कमेन्ट गर्नुहोस्