प्रधानमन्त्री प्रचण्ड र सीपीसीका राजनीतिक ब्यूरो सदस्य जियाजुनबीच भेटवार्ता

काठमाडौं । चीन भ्रमणमा रहेएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य तथा सीपीसी छोङछिङ नगरका सचिव युआन जियाजुनबीच चोङकिङमा भेटवार्ता भएको हो ।

आज नै प्रधानमन्त्री प्रचण्डले छोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सको अवलोकन भ्रमण गरे ।

याे पनि पढ्नुस  नेपाल–चीन व्यापार सम्मेलमा प्रम प्रचण्डको सन्देश-'लगानीकर्तालाई नेपाल अवसरको भूमि'

भ्रमणमा प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली सहभागी थियो ।प्रधानमन्त्रीलाई छोङछिङस्थित एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्सका पदाधिकारीले स्वागत गरेका थिए ।

त्यहाँ प्रधानमन्त्री प्रचण्डले वैज्ञानिक एंव आधुनिक कृषि प्रणालीबारे जानकारी लिए ।

कमेन्ट गर्नुहोस्