प्रधानमन्त्री प्रचण्ड छोङ्छिङबाट ल्हासा प्रस्थान, यस्तो छ भ्रमण तालिका

pm prachanda Depart to Lhasa by Sichuan Airlines flight

छोङ्छिङ। चीनको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज (बुधवार) छोङ्छिङ्बाट ल्हासा प्रस्थान गरेका छन् ।

सिचुवन एयरलाइन्स मार्फत ल्हासा गएका प्रधानमन्त्री प्रचण्ड ल्हासाको गोङ्गार विमानस्थलमा अवतरण गर्नेछन् । कार्यक्रमको सुची अनुसार आज साँझ उनले चिनियाँ कम्युनिस्ट पार्टी सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रीय समितिका सचिव वाङ चङ्छङ्ले भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

याे पनि पढ्नुस  चीन भ्रमणबाट फर्किए प्रधानमन्त्री, भ्रमण सफल भएको दावी

सचिव वाङले प्रधानमन्त्रीको सम्मानमा रात्रि भोजको आयोजना गर्नुहुने कार्यक्रम छ । चीनसँगको सीमा जोडिएका नेपालका उत्तरी क्षेत्रका दुर्गम ग्रामीण क्षेत्रमा तिब्बतबाट विध्युत वितरण गर्ने समझदारी बनेको सन्दर्भमा प्रधानमन्त्री प्रचण्ड ल्हासा जान लाग्नु भएको हो ।

तिब्बतमा रहँदा प्रधानमन्त्री प्रचण्डले कैलाश मानसरोवर (ताल) एवं कैलाश पर्वतको भ्रमण समेत गर्ने कार्यक्रम छ ।

कमेन्ट गर्नुहोस्