काठमाडौं । त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले समकक्षता सम्बन्धीकार्यविधि २०७८ लाई संसोधन गरेको छ ।
त्रि.वि. कार्यकारी परिषद्को मिति २०८० भाद्र १३ गतेको बैठकको निर्णय नं. २२६४ को ३ मा समकक्षता सम्वन्धि कार्यविधि संसोधन गरेका त्रिभुवन विश्वविद्यालयको
पाठ्यक्रम विकासका कार्यकारी निर्देशक प्रा.डा. पारस नाथ यादवले जानकारी दिए ।
उनका अनुसार बैठकले पूर्वाञ्चल विश्वविद्यालय ऐन, २०५० लुम्बिनी विश्वविद्यालय ऐन, २०६३, सुदूर पश्चिमाञ्चल विश्वविद्यालय ऐन, २०६७, मध्य पश्चिमाञ्चल विश्वविद्यालय ऐन, २०६७, कृषि तथा वन विश्वविद्यालय ऐन, २०६७, नेपाल खुला विश्वविद्यालय ऐन, २०७३ र राजर्षिजनक विश्वविद्यालय ऐन, २०७४ मा ती विश्वविद्यालयले स्वदेशी र विदेशी विश्वविद्यालय वा शैक्षिक संस्थाको शैक्षिक उपाधिलाई मान्यता दिन र विश्वविद्यालयका विभिन्न तहका शैक्षिक उपाधिहरूको समकक्षता र स्तर निर्धारण गर्न सक्ने कुरा ऐनमा नै तोकिदिएकोले ती विश्वविद्यालयका उपाधिहरूलाई त्रि.वि.सेवा आयोगमा आवेदन गर्ने वा त्रि.वि. मा अध्ययनका लागि भर्ना गर्ने अवस्थामा मात्र समकक्षता प्रदान गर्ने व्यवस्था मिलाउन पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिने निर्णय गरेको छ ।
साथै,सूचनामा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय निकाय वा अन्य निकायले अनुरोध गरेको अवस्थामा भने समकक्षता प्रदान गर्ने र यस सम्बन्धमा सार्वजनिक सूचना प्रकाशन गरी सर्वसाधारणलाई जानकारी उपलब्ध गराउन निर्देशन दिने निर्णय पनि गरिएको छ ।
क्याम्ब्रिज विश्वविद्यालयबाट क्रिमिनोलोजीमा एमफिल र पीएचडी गरेकी आस्था दाहालले सो निर्णयलाई स्वागत गरेकी छिन् ।उनले राज्यले नेपालभित्र होस् या बाहिरका विश्वविद्यालयलाई समान व्यवाहार गर्नु पर्ने पनि बताइन् ।
उनले समकक्षाका लागि विद्यार्थीले गरेको निरन्तर संर्घषमा साथ दिएर विद्यार्थीलाई न्याय दिलाउँन भुमिका खेलेको प्रधानमन्त्रीका वातावरण तथा विकास विज्ञ पपुलर जेन्टल र सो विषयमा समर्थन गर्ने सांसदहरूलाई धन्यवाद दिएकी छिन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन अनुसार समकक्षताको समस्या समाधान गर्न लामो समयदेखि आन्दोलनरत विद्यार्थी र त्रिविसँग समन्वय गरेर विद्यार्थीलाई न्याय दिलाएको बताए ।
विदेसबाट अध्ययन गरेर आएका र नेपालमा केही गर्न चाहने युवालाई सरकारले वातावरण तयार गर्नुपर्छ भन्नेमा प्रधानमन्त्री प्रचण्डको निरन्तर निर्देशन थियो । सोहि अनुरुपम मैले हजारौं विद्याथीका समकक्षता सम्बन्धि समस्यालाई हल गर्न सहजकरण गरे । त्यसले नेपालमा केही गर्ने हुटहुटी बोकेका युवालाई राहत भएको छ । बाहिरका विभिन्न विख्यात विश्वविविद्यालयबाट उत्पान भएका योग्य जनशक्तिलाई नेपालमा अवसर प्रदान गर्ने प्रधानमन्त्रीको चाहानलाई सम्बोधन गर्छ ।
के भयो संसोधन ? पूर्णपाठ