ल्हासामा यस्तो रह्यो प्रधानमन्त्रीको दिन भने -‘चीन भ्रमण आशा गरेभन्दा सफल’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चीन भ्रमण आशा गरेभन्दा पनि धेरै सफल भएको बताएका छन् ।

तिब्बतको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूले लगातार भारत, अमेरिका र चीनको भ्रमण गरिरहँदा चीनको भ्रमण के कस्तो हुन्छ भनेर अन्तर्राष्ट्रिय समुदायले समेत हेरिरहेका बेला भ्रमण सफलताका साथ सम्पन्न भएको र आशा गरेभन्दा राम्रो भएको बताएका हुन् ।

राष्ट्रपति सी चिनफिङ, चीनका प्रधानमन्त्रीसँग सौहार्दपूर्ण छलफल भई नेपालको हितमा विभिन्न समझदारीहरू गर्नुले चीनले नेपाललाई विशेष महत्त्वका साथ हेरेको पुष्टि भएको प्रधानमन्त्रीको भनाइ छ ।

भ्रमणका क्रममा नेपाल र चीनबीचका विगतमा बन्द भएका सबै नाका सञ्चालन गर्ने, परम्परादेखि पासका रूपमा चल्दै आएका साना साना नाकाहरू पनि सबै सञ्चालन गर्ने सहमति भएको प्रधानमन्त्रीले जानकारी दिए । विगतमा सञ्चालन भएका प्रायः सबै नाकाहरू खुलिसकेका र बाँकी रहेका साना ठुला सबै नाकाहरू छिट्टै खुल्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले नेपाल र चीनबीचका सबै नाकाहरू खुलेपछि नेपाल चीनको व्यापार व्यवसायका क्षेत्रमा नयाँ फड्को मार्ने उल्लेख गरे ।

याे पनि पढ्नुस  ‘शीतयुद्ध मानसिकता’ विरुद्ध अमेरिकालाई चिनियाँ राष्ट्रपति जिनपिङको चेतावनी

प्रधानमन्त्री प्रचण्डले अघिल्लो पटक आफूले ल्हासाको भ्रमण गर्दा नेपाली महावाणिज्य दूतावासको भवन पुरानो रहेकोमा अहिले नयाँ भवन बनेको देखेर खुसी लागेको भन्दै नयाँ भवनको उपयोग गर्दै नयाँ उत्साहका साथ काम गर्न महावाणिज्यदूत र दूतावासका सबै कर्मचारीलाई निर्देशन दिए।

उनले नेपाल चीनबीच भएका सहमति तथा सम्झौताहरू कार्यान्वयनका लागि सक्रिय रहन महावाणिज्यदूत ढकाललाई विशेष निर्देशन दिए। कार्यक्रममा ल्हासाका लागि नेपाली महावाणिज्यदूत नवराज ढकालले नेपाल चीन सम्बन्धमा ल्हासाको भूमिका र महत्त्व, महावाणिज्य दूतावासले गरिरहेको काम तथा अब गर्नुपर्ने महत्त्वपूर्ण कामहरू र भोगिरहेको समस्या लगायतका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । कार्यक्रममा भ्रमण दलका सदस्यहरूको पनि सहभागिता रहेको थियो ।

ऐतिहासिक पोताला दरबार र जोक्खाङ मन्दिरको अवलोकन

ल्हासामा प्रधानमन्त्री प्रचण्डले ल्हासामा रहेको ऐतिहासिक पोताला दरबार र जोक्खाङ मन्दिरको अवलोकन भ्रमण गरेका छन् ।

ऐतिहासिक पोताला दरबार र जोक्खाङ मन्दिरको अवलोकन
ऐतिहासिक पोताला दरबार र जोक्खाङ मन्दिरको अवलोकन

समुन्द्री सतहबाट करिब ३ हजार ८ सय मिटरको उचाइमा रहेको पोताला दरबारलाई युनेस्कोले सन १९९४ मा विश्व सांस्कृतिक सम्पदाको सूचीमा सूचिकृत गरेको छ । पोताला दरबार क्यास्टल शैलीमा निर्माण गरिएको तिब्बतकै सबैभन्दा ठूलो र पुरानो दरबार हो । साथै यो दरबार विश्वमै समुन्द्री सतहबाट सबैभन्दा माथि निर्माण भएको दरबार पनि हो । पोताला दरबारको भ्रमण गर्दा प्रधानमन्त्री प्रचण्डलाई त्यहाँका अधिकारीहरुले दरबारका बारेमा जानकारी गराएका थिए ।

याे पनि पढ्नुस  सुदूरपश्चिमको विकासका लागि प्रधानमन्त्रीको मार्गचित्र

त्यसैगरी प्रधानमन्त्री प्रचण्डले पोताला दरबारको नजिकै रहेको जोक्खाङ मन्दिरको पनि अवलोकन भ्रमण गरे । जोक्खाङ मन्दिरलाई पनि युनेस्कोले सन १९९४ मा विश्व सांस्कृतिक सम्पदाको सूचीमा सूचिकृत गरेको छ । यो मन्दिर सोङचङ गम्पोले राजकुमारी वेनचेङ र नेपाली राजकुमारी भृकुटीका लागि सातौं शताब्दीको मध्य समयतिर बनाएका थिए । यो मन्दिर बौद्ध धर्मावलम्बीहरुका लागि पवित्र स्थलका रुपमा रहेका छ । यस मन्दिरमा राखिएको शाक्यमुनि बुद्धको मूर्तीलाई भक्तजनहरुले विशेष महत्वका साथ सम्मान गर्ने गर्दछन ।

मन्दिरको भ्रमण गर्दा प्रधानमन्त्री प्रचण्डलाई त्याहाँका अधिकारीहरुले मन्दिरका बारेमा जानकारी गराएका थिए । प्रधानमन्त्रीले गर्नुभएको दुबै ठाउँको भ्रमणका क्रममा चीन भ्रमण दलमा संलग्न भ्रमण दलका सदस्यहरु पनि सहभागी रहेका थिए ।

प्रधानमन्त्री प्रचण्ड र सिपिसी सचिव वाङ छुङछेङबीच भेट

याे पनि पढ्नुस  चीनमा प्रधानमन्त्री प्रचण्डलाई ‘गार्ड अफ अनर’ (तस्बिरहरू)

ल्हासा भ्रमणमा प्रधानमन्त्री प्रचण्डसँग चीनको स्वशाशित क्षेत्र तिब्बतका सिपिसी कमिटीका पार्टी सचिव वाङ छुङछेङ (Wang Xiang)ले भेटवार्ता गरेका छन्।

भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले आफ्नो चीन भ्रमण अत्यन्त उत्साहजनक रहेको बताउँदै सचिव वाङ छुङछेङलाई चीन सरकारले नेपाल चीन सम्बन्धका लागि इन्चार्जको जिम्मेवारी दिएको र छुङछेङको नेतृत्वमा भएका अर्थपूर्ण कृयाकलापबाट नेपाल चीन सम्बन्धलाई थप उचाइमा पुर्याोउन महत्वपूर्ण योगदान पुगेकोमा सचिव छुङछेङको प्रशंसा गरे । उनले नेपाल र चीनबीचका दुइपक्षी हितका लागि हरेक क्षेत्रमा सहकार्य गर्न नेपाल सरकार तयार रहेको पनि बताए ।

प्रधानमन्त्री प्रचण्ड र सिपिसी सचिव वाङ छुङछेङबीच भेट
प्रधानमन्त्री प्रचण्ड र सिपिसी सचिव वाङ छुङछेङबीच भेट

भेटवार्तामा सचिव छुङछेङले प्रधानमन्त्री प्रचण्डको चीन तथा तिब्बत भ्रमणबाट आफू धेरै खुसी भएको बताउँदै नेपालसँगको सम्बन्धलाई अझ उचाइमा पुर्याीउन सकृय रहने बताए।
भेटवार्तामा प्रधानमन्त्रीको भ्रमण दलमा रहनुभएका सदस्यहरु सहभागी थिए । प्रधानमन्त्रीको सम्मानमा सचिव छुङछेङले रात्री भोजको आयोजना गर्नुभएको छ ।
तिब्बतलाई चीनीँयाहरुले आफ्नो भाषामा सिज्याङ (Xizang) भन्ने गरेका छन ।

प्रधानमन्त्री प्रचण्डले भोलि कैलाश पर्वत ( Mount Kailash) र मानसरोवर तालको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

कमेन्ट गर्नुहोस्